कपिलवस्तु। जिल्लाको शुध्दोधन गाउँपालिका वडा नंम्बर ५ दोहनीमा आज ७० बर्ष माथिका २ सय ८५ जेष्ठ नागरिकलाई न्यानो कम्बल बितरण गरिएको छ । यस आर्थीक बर्षमा गाउँपालिकाद्दारा बिनियोजित बजेटबाट वडा भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको हो । वडा ५ का अध्यक्ष आशुतोष कुमार सिंहले बृध्दबृध्दा नागरिकको सम्मानमा वडा कार्यालय सधै साथमा रहेको बताउनु भयो । आगामी दिनमा वडा भित्रका जेष्ठ नागरिकको पक्षमा गाउँपालिकाले गर्नुपर्ने कार्यको नीति बनाउने बताउनु भयो ।
Advertisement