काठमाडौं । सरकारले दलित समुदायलाई सबै तहको शिक्षा नि:शुल्क दिने भएको छ । विद्यमान कानुन संशोधन गरी यस्तो व्यवस्था गर्न लागिएको हो ।
Advertisement
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो व्यवस्था गर्न लागिएको हो । विधेयक राष्ट्रिय सभाको विधायन समितिले पास गरिसकेको छ ।
विधेयकको व्यवस्था कार्यान्वयनमा आए दलित समुदायले चाहेजति तहमा पढ्न पैसा तिर्नु नपर्ने समाचार अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।