बुटवल । लुम्विनी प्रादेशिक अस्पताल बुटबलमा डायलोसिस सेवा शुरु भएको छ । प्रदेश ५ मा यो नै सरकारीस्तरमा पहिलो डायलाइसिस सेवा भएको अस्पताल श्रोतको दावी छ।
सोमबार डायलोसिस सेवाको एक कार्यक्रममा बीच प्रदेश ५का सामाविक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गरेका हुन । मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा थप गर्दै लैजाने प्रतिबद्धतासमेत जनाए । उनले यसै वर्षदेखि अस्पतालमा न्युरो सेवा विस्तार गर्न लागिएको जानकारी गराए । हेमोडायलाइसिस मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको उनको भनाइ थियो । मन्त्री बरालले बिरामी भएर अस्पताल आउनुपूर्व सबै नागरिकलाई मिर्गौलासम्बन्धी जनचेतना जगाउनु आवश्यक रहेको बताए । मन्त्री बरालले जनताको मिर्गौलाको आयु बचाउने गरी काम गर्न चिकित्सकलाई आग्रह गरे । विभिन्न बाध्यता र समस्या लिएर आउने बिरामीसँग राम्रो व्यवहार गर्न र ठिक ढंगले उपचार गर्नसमेत उनले निर्देशन दिए। यस्तै लुम्विनी प्रादेशिक अस्पताल प्रमुख डा राजेन्द्र खनालले यस क्षेत्रको महत्वपूर्ण यो अस्पतालले सबैखालको सुविधान दिने प्रयास गरेको बताए ।
लुम्बिनी प्रादेशीक अस्पतालका हेमोडायलोसिस बिभाग प्रमुख डा शक्ति बस्नेतले अहिले ४ बेडबाट डायलोसिस सेवा दिने र पछि आबश्यकता अनुसार थप गर्दे लैजाने बताए।