• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ८. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा १२ स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री सेवा प्रबाहमा अब्बल


  •   मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान। प्युठानका १२ स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि  योग्य भएका छन् । सेवाको गुणस्तर अभिबृद्धी तथा प्रमाणिकरण सामाग्री २०७२ बमोजिम नौ वटा विभिन्न मापड्ण्ड पूरा गरि स्वास्थ्य सेवा बिभागको परिवार कल्याण महासाखाले यस बर्ष जिल्लाका थप ६ वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि प्रमाणिकरण गरेको हो । गत आर्थिक बर्षमा जिल्लाका ६ वटा स्वास्थ्य संस्था प्रमाणिकरण भईसकेका थिए । महाशाखाका निर्देशक डा भीमसिंह तिङ्कारी नेतृत्वको टोलि जिल्लामै पुगेर स्वास्थ्य संस्था प्रमाणिकरण गरेको हो । यस बर्ष प्राथमिक स्वास्थ्य केन्द्र खलगाँ,तोरबाङ,धरमपानी,बर्जिबाङ सापडाडा र देविस्थान स्वास्थ्यचौकी किशोर–किशोरीमैत्री सेवाका लागि प्रमाणिकरणमा परेको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदिले जानकारी दिए। आर्थिक बर्स २०६६/६७ बाट देशका ५ जिल्ला बर्दिया,दैलेख,सुर्खेत,जुम्ला,बैतडीका २६ वटा स्वास्थ्य संस्थाबाट किशोर किशोरी यौन तथाप्रजन्न स्वास्थ्य कार्यक्रम निर्देसिका बमोजिम सुरु भएको अभियान अन्तर्गत प्युठान जिल्लाका साबिकका ४९ वटै स्वास्थ्यसंस्था किशोर किशोरीमैत्री सुचीकृत भैसकेका छन । यस अघि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री,सोत्रे,गोठिबाङ,खैरा,बरौला र ओखरकोट स्वास्थ्यचौकीले उक्त सेवा प्रवाह गरिरहेको सुबेदिले जनाए।
    स्वास्थ्य चौकी आफैं, स्वास्थ्य कार्यालय र परिवार स्वास्थ्य महाशाखाले मापदण्ड पूरा गरे/नगरेको बारेमा अनुगमन गरेपछि सेवा प्रवाहका लागि प्रमाणिकरण भएका हुन् । किशोर किशोरीमैत्री सेवाप्रवाहले गर्दा स्वास्थ्यका अन्य सुचकमा समेत सुधार ल्याउन सहयोग पुगेको स्वास्थ्य प्रमुख सुबेदिले बताए।चालू आर्थिक बर्षमा अन्य ५ वटा स्वास्थ्यसंस्थाहरु किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणिकरण गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो। आर्थिक बर्ष २०७४/७५ को स्वास्थ्य सेवा बिभागको बार्षिक प्रतिबेदन अनुसार नेपालमा ७३ र प्रदेस ५ का १८ वटा स्वास्थ्य संस्था प्रमाणिकरण भैसकेको महासाखाले बताएको छ। स्वास्थ्य संस्था प्रमाणिकरण भए पश्चात् गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चिता,व्याबस्थापन,किशोर किशोरीको अधिकार,सीप तथा क्षमता अभिबृद्धी र दिगोपनाको आधारको सुनिश्चितता हुने छ।

    Advertisement

    यी हुन प्रमाणिकरणका सुचकहरु।

    किशोर किशोरीमैत्री सुचीकृत भएपछी सेवाको गुणस्तर र दिगोपनाको आधारमा स्वास्थ्य सेवा बिभागले प्रमाणिकरण गर्छ। प्रमाणीकरण भएको ५ बर्षपछि पुन मापड्ण्ड मुल्याकंन गरेर प्रमाणिकरण गर्नुपर्ने प्राब्धान छ। महाशाखाका अनुसार प्रमाणिकरणका लागि किशोर–किशोरीहरूको आवश्यकताअनुसारका स्वास्थ्य सेवा भएको हुनुपर्ने, किशोर–किशोरीहरूका लागि प्रभावकारी सेवा प्रवाह भएको हुनुपर्ने, किशोर–किशोरीले सेवा लिने उपयुक्त वातावरण भएको हुनुपर्ने, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिन सक्षम भएको हुनुपर्ने व्यवस्था छ । त्यस्तैगरी चाहेकै बेला सजिलैसित किशोर–किशोरीले सेवा लिन सक्ने, सूचना र सञ्चारमा जागरुक बनाउन सक्ने, सीपमा आधारित यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धीको सीप प्रदान गर्ने सक्ने, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको उपयोग गर्न सक्ने व्यवस्था रहेको हुनुपर्ने प्राबधान छ ।

    स्वास्थ्य क्षेत्र रणनिती २०१५/२०२० तथा नेपाल स्वास्थ्य क्षेत्र रणनिती कार्यान्वयन योजना २०१६/२०१९ लाई ध्यानमा राख्दै हाल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोर किशोरी स्वास्थ्य तथा बिकास रणनिती २०७५ निर्माण गरि कार्यान्वयनमा ल्याएको छ। यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके नेपालको दिगो बिकास लक्ष २०३० हासिल गर्न उल्लेख्य टेवा पुग्ने बिश्वास महाशाखाले लिएको छ।

    मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation