राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले राउटे मुखियालाई १० हजार सहयोग उपलव्ध गराएका छन् । आइतबार मेयर भेट्न पुगेका उनिहरुलाई कार्यकक्षमा स्वागत गर्दै मेयर कक्षपतीले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका हुन् । जंगलमा बस्दै आएका अल्पसंख्यक राउटेहरू आफूले बनाएका काठका सामग्री बेच्न घुम्दै फिर्दै शुक्रवार प्युठान आएका हुन् । सो क्रममा राउटे समुदायका मुखिया सुरेन्द्र शाही सहितको चार जनाको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई समेत भेट्न भ्याए भने नगरपालिका कार्यालय पुगेर मेयरसंग पनि भेटे। उनिहरुले केहि बेर त्यहा भलाकुसारी समेत गरे।उनिहरु सहयोग माग्दै आफुले बनाएका काठका सामान उपहार दिदै हिडेका छन।
जंगलमा लडिबुडी गर्दै आएका राउटे समुदायहरु अहिल बिस्तारै समाजमा घुलमिल हुन थाल्नु ठूलो उपलब्धि भएको मेयर कक्षपतिले बताए ।’जंगल छाडेर समाजका सामान्य नागरिक सरह जीवन अँगाल्न थाल्नु ठूलै परिवर्तन हो।’ उनल्व भने। यसअघि उनिहरुले सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने माग लिएर जिल्ला प्रसासन कार्यालय खलंगामा पुगी आफ्ना समस्याहरु सुनाएका थिए।
राउटेका मुखिया सहितको टिमलाई प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले खाना खुवाएका थिए । मंसिर महिनामा मुख्यपर्व पर्ने भएकाले त्यसमा चढाउने बोका र चामलको जोहो गर्न राउटेहरु सुर्खेतबाट प्युठान आइपुगेको उनिहरुको भनाई छ। मुखिया शाहिले सम्पुर्ण राउटेहरुको नेतृत्व गर्दै प्युठान आएको र एक पर्व खर्च जुटाएर फर्किने जानकारी दिए ।पर्ब मनाउन पूर्व तयारी र अावश्यक नयाँ सामग्री खरिद गर्नुपर्ने भएका कारण अन्य जिल्लाहरुमा अरु युवाहरु गएकाे उनले जानकारी दिए ।
उनिहरु प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसँग भेट गरी आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले उनीहरु प्युठान आइपुगेका हुन्।नेपालका फिरन्ते जीवन बिताउने राउटे जातिको बसोबास दैलेख ,सुर्खेत र अछामको जङ्गल क्षेत्रको आसपासमा रहेको छ ।
राउटे मुखियालाई मेयरले दिए १० हजार,सिडियोले खुवाए एकछाक खाना
राउटे मुखियालाई मेयरले दिए १० हजार,सिडियोले खुवाए एकछाक खाना
Advertisement
तपाईको प्रतिक्रिया