कामना डेली,पोखरा। कास्की २ मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी हुने पक्का भएकाे छ । ११ मध्ये ८ वटा वडा गनिसक्दा भट्टराईको जित सुरक्षित भएको हो । अब गणना गर्न बाँकी मत ८ हजार ४ सय ३१ मत हाे भने अहिले नै भट्टराईकाे अग्रता ८ हजार ५ सय ४२ मतले छ ।
कास्की-२ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो । कुन ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्कीमा २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदान गरेका छन् ।निर्वाचन कार्यालयका अनुसार अब ३ वटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार विद्याले २० हजार ७ सय ७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २ सय ५९ मत छ । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ । रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरमा पराजित गरेका थिए ।
अन्तत: कास्की २ मा विद्या बिजयी
अन्तत: कास्की २ मा विद्या बिजयी
Advertisement
तपाईको प्रतिक्रिया