प्यार अलि खाँन,प्युठान। जिल्लामा उप–निर्वाचनका लागि भएको मतदान सकिएको छ जिल्लाको ऐरावती गाँउपालिका र प्यूठान नगरपालिकामा वडा अध्यक्षहरुको लागि मतदान भएको हो ।
ऐरावती गाँउपालिकाको वडा नं. १ र २ यसैगरि प्यूठान नगरपालिकाको वडा नं. २ मा वडा अध्यक्षको लागि भएको उप–निर्वाचनमा ६६ प्रतिसत मत खसेको जिल्ला निर्वाचन् अधिकृत एंव जिल्ला न्यायधिस विष्णु गौतमले जानकारी दिए ।
प्यूठान न.पा २ मा २ हजार ९ सय ४७ मतदाता मध्ये. १ हजार ९ सय ९५ जना मतदाताहरुले मतदान गरेका हुन् । त्यसैगरी ऐरावतीको वडा नं. १ मा २५ सय ४५ मतदाता संख्या मध्ये १ हजार ३ सय ९६ मत खसेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिएका छन् । ऐरावती वडा न. २ मा कुल २७ सय ८० मतदाता मध्ये १ हजार ७ सय ४० जना मतदाताहरुले मतदान गरेको भारतीले बताए ।
ऐरावती गाँउपालिका वडा नं. २ का अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख र वडा नं. १ का अध्यक्ष जिल्ला समन्वय समितिकै उपप्रमुखमा निर्वाचित् भएपछि उपनिर्वाचन भएको हो भने प्यूठान न.पा वडा नं. २ का अध्यक्ष खिम बहादुर विष्टको निधन भएकाले उप–निर्वाचन भएको हो ।
आइतबार साँझसम्म ३ वटै वडाको अन्तिम नतिजा आईपुग्ने मुख्य निर्वाचन् अधिकृतको भनाई छ ।
प्यूठानमा ६६ प्रतिसत मत खस्यो
प्यूठानमा ६६ प्रतिसत मत खस्यो
Advertisement
तपाईको प्रतिक्रिया