सागर थापा/महेन्द्र सिंह,बाके। बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ६ को मतदान शान्तिपूर्ण रूपमा सकिएको छ । सो वडामा ६६३ महिला र ७७१ जना पुरुषले मतदान गरेका हुन् । जम्मा २हजार २६ मतदाता रहेको वडामा १६२९ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।यहाँ पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा बिच तिब्र प्रतिस्प्रधा देखिएपनि राप्रपा, नेमकीपा र समाजवादीका उम्मेदवारहरु समेत सम्मानजनक मत प्राप्तीको दौडमा देखिएका छन ।
Advertisement