• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ९. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • १०. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

ब्यवस्थित छैनन् बुटवलका सार्वजनिक शौचालय


  •   शनिबार, मङि्सर १४, २०७६ मा प्रकाशित
  • मदन शर्मा, बुटवल। बुटवलमा राखिएका शौचालयहरु ब्यवस्थित बन्न नसक्दा सर्वसाधरणले समस्या झेल्दै आएका छन् । शौचालय स्थापनामात्र गरिने तर त्यसको ब्यवस्थापन राम्रो हुन नसक्दा शौचालय प्रयोग गर्ने सर्वसाधारणले समस्या झल्दै आएका हुन् । नयाँ बसपार्कमा रहेको सार्वजनिक शौचालय ब्यवस्थित छैन । दैनिक ५ सयदेखि ६ सय सर्वसाधरणले शौचालय प्रयोग गर्दछन् । तर शौचालय ब्यवस्थित छैन । शौचालय वरिपरी दुर्गन्ध फैलिन्छ, सरसफाईमा ध्यान दिईदैन । यसले सर्वसाधारणलाई शौचालय प्रयोगपछि निम्तिएको समस्या हो ।
    बुटवल बसपार्क भित्र रहेको शौचालयबाट बाहिर निस्कँदै गर्नुभएका पुरन थापाले सार्वजनकि शौचालय भनेको सबैको पहुँचमा हुनुपर्ने बताउनुहुन्छ । नयाँ बसपार्कमा रहेको सार्वजनिक शौचालय ‘कतिपय पूर्व पश्चिमबाट आउने यात्रुलाई थाहाँ छैन । शौचालय कहाँ छ भनेर थाहाँ पनि छैन’–उहाँले भन्नुभयो । ‘कुनोमा नभएर बसपार्कको दुबै काउन्टरलाई बिचमा पारेर बनाउनुपर्ने थियो’ – उहाँको सुझाव छ । उहाँका अनुसार शौचालय छोटो दुरीमा भए राम्रो हुन्थियो । ‘एउटा शौचालय बसपार्कमा छ, अनि अर्को सिधै चौराहमा’ उहाँले भन्नुभयो ‘त्यो बिचमा आवश्कताको बेला कहाँ जानु ?’ । यस्ता कुरालाई नगरले प्राथमिकताका साथ हेर्नुपर्छ नि, उहाँले फेरी दोहो¥याउनुभयो ।
    सर्वसाधारणले सार्वजनिक शौचालय प्रयोग गरेवापत ५ रुपैँया र १० रुपैँया शुल्क तिर्दै आएका छन् । तर शौचालयको अवस्था हेर्दा शुल्क तिरे सरहको व्यवस्था र सुविधा भने नरहेको सर्वसाधारणको गुनासो हो । त्यहाँ भएका अन्य पर्वाधारहरु जस्तै हात धुने स्थान, ढोकाको अवस्था, शौचालय वरिपरीको सरसफाई तथा वृद्धवृद्धा तथा अपाङ्गमैत्री वातावरण पनि यसै भित्र समेटिएर आउने गर्छन् । तर त्यसो भएको पाईदैन ।
    त्यस्तै शौच गरेर बाहिर निस्कनु भएका यात्रु रामु आचार्यले शौचालय व्यवस्थित हुनुपर्ने बताउनुभयो । सार्वजनकि भन्दैमा फोहोर र अव्यवस्थित नै हुनुपर्ने नभएको भन्दै उहाँले सार्वजनिक शौचालय पनि काम चलाउ सरहनै गराईएको धारणा व्यक्त गर्नुभयो । साथै शौचालय जस्तो कुरा व्यवस्थित नभएर काम चलाउ नै भएपनि प्रयोग गर्नै पर्ने बाध्यता हुने गुनासो उहाँले गर्नुभयो । बुटवल राजमार्ग चौराहामा रहेको शौचालयको अवस्था पनि उस्तै छ । सेवाग्राहीले शौचालयमा सरसफाई नभएको गुनासो गरेका छन् । शौच गईसकेपछि हात धुने सुविधा समेत राम्रो नभएको गुनासो सेवाग्राहीको हो ।
    विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ३ सय मिटरको दुरीमा एउटा सार्वजनकि शौचालय हुनुपर्छ । तर हाम्रो जस्ता विकाशोन्मुख देशमा त्यो कुरालाइ हुबहु पालना गर्ने अवस्था नभएपनि नागरकिको सहजताको लागि न्यूनतम कुराहरुलाई व्यवस्थित बनाएर लैजानु फलदायी हुने देखिन्छ ।
    बुटवल बसपार्क, राजमार्ग चौराह, गोलपार्क लगायत बुटवल उपमहानगरपालिका भित्र हाल १२ वटा सार्वजनकि शौचालय संचालनमा रहेका छन् । जसमध्य ५ वटा शौचालयको सन्चालन समुदाय मार्फत, ४ वटाको ठेक्का प्रक्रिया मार्फत र १ ∕ १ वटा उपभोक्ता समिति र अटो एसोशिएसन मार्फत गरिँदै आएको छ । सम्पूर्ण शौचालयको सँचालनको व्यवस्था बुटवल उपमहानगर आफैले मिलाएको भएपनि शौचालयको सरसफाई, अपाङ्क मैत्री वातावरणको व्यवस्था तथा जिर्ण भईसकेको भवनको मर्मत सम्भार जस्ता कुराहरु प्राथमिकतामा नराखेको हो कि भन्ने शौचालय रेखदेख गर्दै आईरहेका सन्चालकहरुको गुनासो पनि छ ।
    बिगत १० वर्ष देखि नयाँ बसपार्कमा रहेको सार्वजनिक शौचालयको रेखदेख गर्दै आफ्नो गुजारा चलाउँदै आईरहनुभएका पदम बहादुर काउचाले नगरले शौचालय वरिपरी सरसफाइ गरेर फूलहरु रोपेर व्यवस्थित बनाईदिने, जिर्ण भएको भवनको मर्मत सम्भार गर्ने लगायतका कुरालाई कयौँपटक नगरपालिकासँग गुनासो गर्दापनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।
    शैचालयमा रहेका हात धुने बेसिन, शौच गर्ने स्थान तथा त्यहाँ प्रयोग भएका ढोका लगायतका कुराहरु धेरै नै पुराना भईसकेका देखिन्छन् । बुटवल उपमहानगरपालिकाले यसतर्फ ध्यानदिनु पर्ने देखिन्छ । उपमहानगरपालिका अन्तर्गत सरसफाई शाखाका शाखा प्रमुख टोपलाल शर्माले सेवाग्राहीसँग लिएको शुल्क शौचालयको ब्यवस्थापनमै खर्च गरिने बताउनुहुन्छ । उहाँका अनुसार बुटवलको बढ्दो जनसंख्यालाई नगर भित्र रहेका सार्वजनिक शौचालय प्रयाप्त छैन । कयौँ शौचालयलाई अनुगमन गरेर मर्मतसंभार तथा नागरिकमैत्री पनि बनाउने अवस्था छ । तत्कालका लागि उपयुक्त स्थान छनोट गरेर शौचालय बनाइने योजना रहेको र घुम्ती शौचालयको कामलाई पनि अगाडि बढाइएको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।

    Advertisement

    शनिबार, मङि्सर १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation