• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • काठमाडौं- आँखाको ज्योति फर्काउने लेन्स नेपालले विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न पाएका छन् ।आँखा मानिसको सम्वेदनशील अंग । सुन्दर विश्वलाई नियाल्ने आँखाको दृष्टि गुम्दाको पीडा कस्तो होला ? सबैले अनुभव गर्न सक्ने कुरा हो । विभिन्न कारणबाट दृष्टि गुमाउनेको पीडा त झन कल्पना नै गर्न सकिँदैन । यी सबै पीडालाई मल्हम लगाउने गरी नेपालमै उत्पादन भएको कृत्रिम लेन्सले काम गरिरहेको छ ।

    Advertisement

    तिलगंगा आँखा अस्पतालले उत्पादन गरेको कृत्रिम लेन्सका कारण नेपालका मात्र होइन विश्वका धेरै देशका नागरिकको दृष्टि फर्किएको छ ।नेपाल दक्षिण एसियामा आँखाको लेन्स उत्पादन गर्ने पहिलो देश पनि हो । लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ अमेरिका र बेलायतबाट आयात गर्ने गरिएको छ ।नेपालमा २५ वर्षदेखि आँखाको लेन्स उत्पादन हुँदै आएको छ । मोतीबिन्दुका बिरामीलाई चाहिने लेन्स भने तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्छ । अष्ट्रेलियामा रहेको फ्रेडल फाउन्डेसनको प्राविधिक सहयोगमा तिलगंगा आँखा अस्पतालमा आँखाको कृत्रिम लेन्स उत्पादन शुरु गरिएको हो ।२०४९ सालमा तिलगंगामा लेन्स उत्पादन गर्ने ल्याब शुरु गरिएको भएपनि २०५३ सालबाट लेन्सको बिक्री थालिएको हो ।

    शुरुमा तिलगंगाले एउटा लेन्स तीन डलरमा उत्पादन गरेर विश्वबजारमा १५–२० डलरमा पठाउने गरेको र पछि उत्पादन बढ्दै गएपछि लेन्सको मूल्य पनि घट्दै गएको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले बताए ।नेपालमा पीएमएमए पुरानो प्रविधिबाट बनाइने लेन्स र फोल्डेबल नयाँ प्रविधिबाट बनाइने लेन्स उत्पादन हुन्छ । प्रतिष्ठानले वर्षमा झण्डै ४ लाख लेन्स उत्पादन गर्छ ।यहाँ बनेको लेन्स चीन, पाकिस्तान, मलेसिया, सिंगापुर, थाइल्याड, दक्षिण अफ्रिका, इन्डोनेसियालगायत ७० देशमा जान्छ । २०५३ पछि अहिलेसम्म झण्डै ५६ लाख ३५ हजारको संख्यामा कृत्रिम लेन्स उत्पादन गरिएको अस्पतालले जानकारी दिएको छ ।

    मोतियाविन्दु पीडित अब दृष्टिबिहीन हुनु पर्दैन२५ वर्ष अघि मोतियाविन्दु लागेर दृष्टि गुमेका नेपालीका लागि पुनः दृष्टि प्राप्त गर्न सहज थिएन । विदेशबाट आयत गरिने कृत्रिम लेन्स महंगो पर्ने भएकाले नेपालीहरु सम्भव हुने उपचारबाट पनि बञ्चित थिए ।तिलगंगा आँखा अस्पतालले सन् १९९५ देखि कृत्रिम लेन्स उत्पादन शुरु गरेपछि नेपालीका लागि मात्रै होइन बिदेशीका समेत नेपाली लेन्सको उपलब्धता सहज बनेको छ ।त्यसैले २५ वर्ष अगाडी मोतियाविन्दु भएर आँखाका दृष्टि गुमाएका नेपालीहरु जीवनभर अन्धकारमै बस्नुपर्ने बाध्यता थियो ।

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation