• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राष्ट्रिय एकता र देशको समृद्विको निम्ति बाम एकता: अध्यक्ष प्रचण्ड


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • थम्मन थापा,बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताले राष्ट्रिय रुपमा नै एकताको सन्देश दिएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सम्वद्व बाम गठबन्धनले आज जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजना गरेको बृहत चुनावी आम शभालाई सम्वोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले तत्कालिन एमाले र माओवादी एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चा सँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश दिएको बताउनु भयो । ‘नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन’, अध्यक्ष दाहालले भन्नुभयो ‘अब कम्युनिष्टहरु फुटेर हैन जुटेर अगाडी बढेको सन्देश नै बाम गठबन्धन भएको उल्लेख गर्नुभयो । एकताको प्रतिकका रुपमा बागलुङको बाम गठबन्धनलाई हेर्न सकिन्छ’ प्रचण्डले भन्नुभयो । उहाँले केन्द्रले दिएको जिम्मेवारी अनुसार नेकपाले राजमोलाई सर्मथन गरि अत्यधिक मतले बाम उम्मेदवार खिम विक्रम शाहीलाई विजयी गराउन आग्रह गर्नुभयो । उपस्थित नेता कार्यकर्ताकहरुको उल्लासलाई देखेर आजै निर्वाचन जितेको र घोषणा हुन बाँकी रहेको महसुस भएको भन्दै प्रचण्डले खुसी व्यक्त गर्नुभयो । उहाँले अहिले भारतले मिचेको कालापानी, लिपुलेक, नालापानी र लिम्पियाधुरा हाम्रै भु-भाग भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्नुभयो । त्यसको लागि सरकार सबै राजनैतिक दल एक ढिक्का भईसकेको र कुटनैतिक ढंगबाट समस्याको समाधान गरिने उहाँको भनाई छ । प्रचण्डले विकासमा पछाडी परेको बागलुङको  पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्रे, सालझण्डी ढोरपाटन सडकले पूर्णता पाउने र उत्तरगंगा जलाशय जलविद्युत आयोजनाले गति लिने बताउनुभयो । प्रचण्डले प्रधानमन्त्री तथा उर्जामन्त्रीसंग तत्काल छलफल गरी निश्कर्ष निकाल्ने बताउनुभयो । उहाँले बुर्तिवाङ लाम्मेला सडक कालोपत्र गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो । बागलुङ क्षेत्र नम्बर २ को ख बाट निर्वाचित प्रदेश सांसद टेक बहादुर घर्तीको गत वर्ष असामयिक निधन भएपछि यस क्षेत्रमा यही मंसिर १४ गते उप–निर्वाचन हुदै छ । यस अगाडिको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा स्वर्गीय सांसदलाई उम्मेदवार बनाएर विजयी हासिल गरेका थिए । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फवाट खिम विक्रम शाहीले उम्मेदवारी दिनुभएको छ । संयुक्त चुनावी आम सभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी, नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सांसद देवेन्द्र पौडेल, स्वर्गीय सांसद टेक बहादुर घर्तीकी धर्मपत्नी सुनमाया घर्ती, नकपाका नेता शेरमान घर्तीले मन्तव्य राख्नु भएको थियो । विशाल चुनावी आम सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको स्वागत र नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...