• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

ग्वालीचौरको खार बजारमा न्वागी मेला सुरु


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । पश्चिमाञ्चल क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेला भएको छ । गुल्मी र बाग्लुङ जिल्लाको सिमाना पौदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा यस बर्ष पनि बाग्लुङको बडिगाड गाँउपालिका ५ ग्वालीचौर स्थित खार बजारमा मेला सुरु भएको हो ।यस मेलालाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुवैले खाने गरेका छन् । खेत भएका हरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ । परापुर्व कालमा स्थानीयहरुले बाजागाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन् ।
    न्वागीको सुरुवात
    नेपालको ऐतिहासिक अध्ययन क्रममा १२ औं शताब्दीको तत्कालिन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५ औं शताब्दी तिर उक्त राज्य टुक्रिएर स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर ईस्मा राज्य अन्तगर्त पथ्र्याे । गुल्मीको नेटा, पौदीअमराई, ईस्मा र ग्वालीचौरमा ८० घरहरु थिए । त्यसलाई ईस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभुमि रहेको समितिका अध्यक्ष कलाधर घिमिरे बताउँछन । बाईसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट ईस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए । उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन् ।
    मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन् । यस बर्ष पनि बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजकले जनाएको छ ।
    खुल्ला भलिबल प्रतियोगीता, गाँउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता, लोकगित तथा नृत्य प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला रेकड डान्स, कुर्सी दौड, लुठो तान प्रतियोगीता, शैक्षिक प्रदर्शनी, कृर्षी ब्यवसायी द्धारा उत्पादित कृर्षीजन्य बस्तु प्रदर्शनी लगायतका कार्यक्रमले यस बर्ष पनि प्राथमिकता पाएका छन् ।त्यसैगरी कार्यक्रममा राष्ट्रिय तथा स्थानिय स्तरका लोकदोहोरी ,आधुनिक, तथा हास्यकलाकारको बोजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ ।कृषकहरुले उत्पादन गरेका नगदे, हिउँदे, खाद्यान्न, बेमौसमी लगायतका कृषिप्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।
    दुइ जिल्लाको पर्व
    ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रशिद्ध न्वागी पर्व बागलुङको बडिगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, इस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ । यो न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखा, लगायत देशका बिभिन्न भागहरुमा पनि मनाईने गरिन्छ । मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पिङ्ग लगायत गरि साना र ठूला व्यापारको बिभिन्न स्टलहरु बुकिङ हुने गरेका छन् । विशेष गरि मेलामा बढि मात्रमा फलफुल अन्र्तगत सुन्तला, होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ । यसबर्ष करिब १ करोड बराबरको कारोबार गर्ने मेलाको प्रचार प्रसार समितिका संयोजक बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।
    १ लाख बढी पुरस्कारको भलिवल, ८० हजारको राष्ट्रिय कराँते
    यस बर्ष १ लाख २ हजार रुपैया प्रथम पुरस्कार भएको भलिवल प्रतियोगीता राखीएको छ । त्यसैगरी देशभरका करिब २ सय खेलाडीहरुको सहभागीता रहने गरी राष्ट्रिय कराँते प्रतियोगीता पनि आयोजना गरिएको छ ।
    बडिगाड गाँउपालिकाको आर्थिक सहयोगमा सितोरियो कराँते बडिगाड डोजोको आयोजनामा ८० हजार राखी प्रथम पुरस्कार रहेको गाँउपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगीता आयोजना गरिएको छ ।

    Advertisement

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...