सागर थापा,दाङ। पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरको विशेष प्रहरी टोलिले कपिलवस्तुको शिवनगर नगरपालिका–१ शिवनगरबाट ५ थान एमएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्याजिन र गोली बरामद गरेको छ । दाङ र कपिलवस्तुको सीमा क्षेत्र शिबनगरबाट अत्याधुनिक ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरि प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनु भयो। प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा रहेको ठुलो सख्यामा हातहतीयार तथा गोलि गठ्ठाहरु सार्बजनिक गरेको हो ।
बिप्लब समुहले हातहतीयार दाङ र कपिलबस्तुको सिमाना हुदै एक ठाँउबाट अर्को ठाँउमा स्थानान्तरण गर्न लागेको ५ दिन देखि बिशेष गोप्य सुचनाको आधारमा प्रहरीको बिशेष टाेलिले हतियार फेला पारेको हो । मंसिर १४ गते हुन लागेको उप निर्वाचनलाई बिथोल्न हतियारहरु भित्र्याउन खोजेको हुन सक्ने ५ नम्बर प्रदेश प्रहरीको भनाइ छ । शुक्रबार बेलुकि ६ बजे गढवा र कपिलबस्तु शिबनगर नगरपालीकाको सिमानामा रहेका ३/४ वटा बेवारिसे खाली गोठमध्ये शिबनगर नगरपालीका वडा न. १ तर्फको खाली गोठमा सुटकेसभित्र राखीएको पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा एस. एम. जि. राईफल ५ थान, उक्त राईफलको म्याग्नीन १३ थान र सोहि उक्त राईफलमा प्रयोग हुने गोलि ३९० राउण्ड फेला परेको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले बताउनु भयो ।नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरु हतियारसहित रहेको गोप्य सूचनाको आधारमा ५ नम्बर प्रदेश प्रहरीले दाङको भालुवाङ बजारमा सवारी साधनहरुलाई चेकजाँचमा कडाइ गरे पछी उनीहरु हतियार छाडेर भागेको हुन सक्ने डिआइजी शाहले बताएका छन ।
शिवनगरकाे गोठबाट प्रहरीले फेला पार्यो आधुनिक हतियार, आशंका विप्लवमाथि
शिवनगरकाे गोठबाट प्रहरीले फेला पार्यो आधुनिक हतियार, आशंका विप्लवमाथि
Advertisement
तपाईको प्रतिक्रिया