लिखु,नुवाकोट। जिल्लाको लिखु गाउँपालिका वडा नम्बर-६ मा सुबिधा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ। एक समारोहका बिच लिखु गाउँ पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र लिखु गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष हरिशरण लामिछानेले संयुक्त रुपमा स्वास्थ्य ईकाईको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले स्वास्थ्य जस्तो आम मानिसको जीवनसग प्रत्यक्ष सम्बन्ध राख्ने बिषयमा बजेट योजनातर्जुमामा कन्जुस्याइँ नहुने बताउनुभयो। गाउँपालिकाको वडा नम्बर-६ का वडाध्यक्ष्य हरिशरण लामिछानेले सामुदायिक स्वास्थ्य निर्माणका लागि जग्गादाता भगवती पाण्डेले लाखौंको जग्गा दान दिनुभएको स्मरण गर्दै उहाको योगदानबाट थप उपलब्धिको लागि सबैजना लागिपर्न अनुरोध गर्नुभयो। त्यस्तै जग्गादाता तथा स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याण भक्त पाण्डेले गाउँको बिचमा रहेको यस स्वास्थ्य कार्यलयलाई गाउँकै बर्थीङ सेन्टरको रुपमा रुपान्तरण गरि अगाडि बढ्न राजनीतिकर्मीहरुसग आवश्यक सम्पुर्ण सहयोगको माग गर्नुभयो। कार्यक्रममा स्थानीय शिक्षक,विद्यार्थी तथा राजनीति कर्मीहरुको उपस्थिति रहेको थियो।लिखु गाउँपालिका,सामाजिक बिकास शाखा, आधारभूत स्वास्थ्य तथा सरसफाइ इकाईको कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य ईकाई संचालन गरिएको हो।
लिखुमा सामुदायिक स्वास्थ्य इकाई स्थापना
लिखुमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

Advertisement
तपाईको प्रतिक्रिया