• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने


  •   बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
  • काठमाडौं । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्षपछि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ।यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक पर्ने दरबन्दी, बजेट, कर्मचारी व्यवस्थापनलगायतका विषयमा अध्ययन शुरू गरेको छ।

    Advertisement

    यही कात्तिक ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्रालयले योजना तयार गरेको हो।मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एक–दुई दिनभित्र राजपत्रमा सूचना प्रकाशित गरी विकास समितिको प्रमुख नियुक्ति प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।उहाँले भन्नुभयो– ‘विकास समिति बनाउने सरकारको निर्णयलगत्तै अन्य छनोट प्रक्रिया शुरू गरेका छौं।’विकास समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था छ। विकास समितिमा मन्त्रालयले आवश्यक पर्ने जनशक्ति राख्ने विषयमा गृहकार्य शुरू गरेको छ।

    मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङसहितको टोलीले गएको कात्तिक १३ गते संग्रहालयको अवस्था, आवश्यक पर्ने थप जनशक्ति, गणतन्त्र स्मारक सञ्चालन गर्न आवश्यक तयारीलगायतको विषयमा छलफल गरेको थियो। टोलीले संग्रहालय प्रशासनलाई दरबन्दीको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो।विसं २०६५ फागुन १५ गतेदेखि संग्रहालयका रूपमा सर्वसाधारणलाई खुला गरेपछि विकास समितिमार्फत सञ्चालन गर्ने तयारी गरिएको थियो।
    तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले सर्वसाधारणलाई श्रीपेच अवलोकन गर्ने व्यवस्था गरेलगत्तै नारायणहिटी संग्रहालयलाई विकास समितिमा लैजाने तयारी भएको थियो।वर्तमान मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुआतमै विकास समितिमार्फत संग्रहालय सञ्चालन गर्ने गरी तयारी गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो।भ्रमण वर्ष शुरू हुनुअघि संग्रहालयका अन्य संरचनासमेत अवलोकन गर्ने व्यवस्थासहित विकास समिति बनाउने अन्तिम तयारीमा जुटेको उहाँको भनाइ छ। करिब सात सय ५४ रोपनी क्षेत्रफलमा पैmलिएको संग्रहालय परिसरमा विभिन्न प्रयोजनका लागि नेपाली सेनाले दर्जनभन्दा बढी संरचना निर्माण गरिसकेको छ।सोही जग्गामा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको छ। हाल नारायणहिटी संग्रहालय ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै सीमित छ।राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप शाहको पालामा निर्माण भएको नारायणहिटी दरबारलाई विसं १९९० सालमा भूकम्पले क्षति पुर्याएको थियो।राणा प्रधानमन्त्री वीर शमशेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो। हालको दरबार विसं २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निर्माण भएको हो।हाल देखिएको दरबार राजा महेन्द्रको पालामा पुनर्निर्माण गरिएको थियो।राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्म भएको नारायणहिटीको सबै कक्ष खुला गर्न सकिएको छैन। अहिले ३१ कक्ष, श्रीपेच, राजदण्ड, राजमुकुटलगायतका सामग्री प्रदर्शनीमा राखिएका छन्। नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

    बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation