## “गरिब” ##
Advertisement
भोको पेट भुइँमा सुति,
गरिबहरु घरमा
गुजारा त गर्छन बरै,
मेलापातको भरमा
गहभरि भरी अश्रुधारा,
जीउमा झुत्रो कपडा
खाने बेला गर्नुपर्छ,
बरै सधैं झगडा
पेट भरी खान छैन,
न त पैसा पढ्न
गरिबलाई गाह्रो भयो,
समाजसंग लड्न
दुखै दुख भोग्नु पर्यो,
कठै यिनको कर्म
कस्ले होला बुझिदिने,
यी दुखिको मर्म
दिन रात खठी खठी,
गर्छन बरै काम
पसिनाको खोलो बगाइ,
खानुपर्छ माम
समाज हेला देश्कै हेला,
गरिवको जीवन
हेपिको गरिब देख्दा,
रुन्छ मेरो मन
गरिब पनि मानिस नै हो,
बग्छ रातै खुन
हिम्मत गर सफल हुन्छौ,
त्यो जुनलाई छुन।
© सुरज भट्टराई