• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

लोकप्रिय समाचार

  • १. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • २. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ३. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • ४. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ५. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

  • ८. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

चीन भ्रमण फलदायी : मुख्यमन्त्री पोखरेल


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  • कामना डेली, रुपन्देही। प्रदेश ५ सरकारका मूख्यमन्त्री शंकर पोखरेलले आफ्नो पछिल्लो पटकको चिन भ्रमण फलदायी भएको दावी गरेका छन । चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिटसिएटिभ (बिआरआइ) सिचुवान अन्तर्रा्ष्ट्रिय मैत्री शहरहरूको सम्मेलनमा भाग लिई फर्केका मुख्यमन्त्री पोखरेलले प्रेश नोट जारी गरी विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदान प्रदानका हिसावले भ्रमण पलदायी भएको उल्लेख गरेका हुन । सम्मेलनमा विश्वका ३२ देशका ४३ वटा प्रान्त तथा शहरहरूको सहभागिता थियो। सो सम्मेलनलाई सम्बोधन गर्दै पोखरेलले चीनका राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताए ।राष्ट्रपति सि चिनफिङले अघि सारेको बिआरआइ एक विश्वव्यापी अभियान भएको,यसमा आबद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ संभावनाहरू खोज्न लाभदायक हुने विचार ब्यक्त गरेको मुख्यमन्त्रीको सचिवालले जनाएको छ ।
    उद्घाटन सत्रपछि भएको गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै माननीय मुख्यमन्त्रीज्यूले नेपालले छिट्टै चेङ्दुमा महावाणिज्य दुतावास खोल्ने तथा सम्मेलन पश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिए । सिचुवान प्रान्त र प्रदेश ५ बीच गएको असार १७ गते भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको थियो ।
    त्यसैगरी सम्मेलनको संस्कृति तथा पर्यटन सत्रमा सम्बोधन गर्दै मुख्यमन्त्रीले प्रदेश नं ५ को पर्यटन प्रवद्र्धनका बारेमा मन्तव्य व्यक्त गरेको तथा बुद्ध जन्मस्थल लुम्बिनी लगायतका पर्यटकीय स्थलहरूको महत्वको चर्चा गर्दै सहभागीहरुलाई लुम्बिनी भ्रमणको लागि निमन्त्रणा गरेको सचिवालयले जनाएको छ ।मुख्यमन्त्रीले सो अवसरमा प्रदेश ५ बौद्ध संस्कृतिका साथै बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूले महत्वपूर्ण रहेको उहाँले जानकारी दिएको सचिवालयद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।
    मुख्यमन्त्रीले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उहाँले सिधा उडानले बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बिश्वास ब्यक्त गरेको प्रदेश योजना आयोगका सदस्य डा. बिष्णु गौतमले बताए ।मुख्यमन्त्री संगै भ्रमण दलमा प्रतिनिधि सभा सदस्य माननीय सुजिता शाक्य, प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा.विष्णुप्रसाद गौतम र मुख्यमन्त्रीका स्वकीय सचिव सरोजकुमार रेग्मी सहभागी थिए ।भ्रमणका क्रममा त्यसैगरी सिचुवान प्रान्तस्तरीय कम्युनिष्ट पार्टी प्रमुखको नेतृत्वको पार्टी तथा प्रान्तीय सरकारको टोलीसित प्रदेश नं ५ को टोलीको औपचारिक भेटघाट तथा छलफल समेत छलफल भएको थियो ।भेटमा विशेष गरी बिआरआइ अन्तरगत पर्यटन, जडिबुटी, उद्योग, आइटि र छात्रवृति आदानप्रदान, चिनियाँ मोडेलको औद्योगिक ग्राम, योजनाबद्ध जग्गा तथा शहरी विकासको दिशामा सिचुवानबाट प्रदेश नम्बर ५ ले सिक्न सक्ने संभावनाका विषयमा पनि छलफल भएको भ्रमणका सहभागी योजना आयोगका सदस्य डा. गौतमले बताए । त्यसैगरी, आयोजित औद्योगिक प्रवद्र्धन सम्मेलनमा माननीय मुख्यमन्त्रीेले प्रमुख आतिथ्यता ग्रहण गर्दै सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश नं ५ मा औद्योगिक विकासको स्थिति र संभावना तथा नेइजियाङ शहरसित गर्न सकिने सहकार्यका संभावना विषयमा चर्चा गर्नुभयो ।मुख्यमन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा नेइजियाङ शहरमा आयोजित ५ राष्ट्रका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा द्विपक्षीय सम्बन्ध, सहकार्य र हितका बारेमा छलफल सम्पन्न भएको जनाइएको छ ।सो अवसरमा विमानस्थल, सडक, रेल र इन्टरनेटले गर्दा दुरी निरन्तर छोटिदैं गएको सन्दर्भमा सिचुवान प्रान्त तथा यसका शहरहरूसित प्रदेश नम्बर ५ तथा यसका शहरहरूले सहकार्य गर्ने प्रशस्त संभावनाहरू उजागर भएको तथा निकट सम्बन्ध स्थापना गर्न धेरै सहयोग पुगेको मुख्यमन्त्रीको विश्वास छ ।

    Advertisement

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’
    रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास
    प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी
    इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा
    दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

    लोकप्रिय

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • २.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • ४.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • २.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ३.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ४.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ५.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ६.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ७.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ८.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation