• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

नेपालमा संघीयता रहे नेपाल रहदैन : चित्रबहादुर के.सी.


  •   आइतबार, असोज २६, २०७६ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष  चित्रबहादुर केसीले मुलुकमा संघियता रहिरहे नेपाल नरहने दावी गर्नुभएको छ । नेपालको संघियता देश र जनातको इच्छा बिपरित बाहिरि डिजाइनमा ल्याइएको ठोकुवा समेत गर्नुभयो।हिमाल र पहाडबाट टुक्राएर तराइलाई भारतमा गाभ्ने योजना अनुसार संघियता आएको छ”पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका के.सी.ले भन्नुभयो,“मुलुक हांक्ने नेतृत्व र जनता बेलैमा सचेत हुन जरुरी छ, भोली मुलुक सिक्किम बन्ने छ ।”कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज अर्घाको रानीगैरामा आयोजना गरेको बिशाल सांस्कृतिक सभालाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो ।  अध्यक्ष के.सी.ले अहिले सम्म प्रदेशको न्वरान गर्न नसक्नु,मुलुकमा भ्रष्ट्रचार र महंगीले हद नाघ्नु,सामाजिक बिकृतिका घटना बढ्दै जानु नै संघियता असफलताको उदाहरण भएको दाबी गर्नुभएको छ । नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघियताबाटै सम्भव देखेको र यसको ज्वलन्त उदाहरण प्रदेश पाँच लाई तराईबाट छुट्टाउने खेल भएको अध्यक्ष के.सी.को भनाई छ । सम्बोधनको अधिकांश समय संघियता खारेजीको बिषयमै खर्चिनुभएका अध्यक्ष के.सी.ले एउटा सरकार संचालनको निम्ती बिदेशीसंग हार गुहार गर्नुपर्ने देशमा आठ ओटा सरकार संचालन गर्न नेपाली जनताले थेग्न नसक्ने,जनप्रतिनिधि नामका कर्मचारी पाल्न बृद्धि गरिएको कर तिर्न नसक्ने जस्ता उदाहरण दिंदै कुनै पनि पक्षबाट नेपालमा संघियता आवस्यक नभएको र टिक्न पनि नसक्ने ठोकुवा गर्नुभएको छ । बर्तमान सरकार कम्युनिष्टको नभएको दाबी गर्दै उहांले जनतालाई नझुक्किन आग्रह गर्नुभएको छ । “तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा नाम मात्रको पार्टी हो,यो कम्युनिष्ट पार्टी होइन”अध्यक्ष के.सी.ले भन्नुभयो,“वर्तमान सरकारको कार्यशैली परिवर्तन नभए देशमा अझै अराजकता बढ्दै जानेछ ।”मुलुकमा समृद्धिको सुरुवात भयो भन्ने सत्ताधारीको भनाई कुरामा मात्रै सिमित भएको भन्दै अध्यक्ष के.सी.ले नेपालको शिक्षा बैज्ञानिक हुन नसकेका कारण र सरकारले योजना बनाउन नसक्दा युवा जती विदेशिन बाध्य भएको बताउनुभएको छ ।“ अहिलेको ब्यापारिक शिक्षा ब्यबहारमा आउंदैन,५ कक्षा पास गरेपछि विद्यार्थीले हलो जोत्न छाड्छन्,१० कक्षा पास गरेपछि गाउं छाड्न,१२ पास गरेपछि देशै छाडेर विदेश जान्छन”अध्यक्ष केसी.ले भन्नुभयो,“जसले गर्दा आज गाउंमा रहेका बृद्धाबृदाको बिजोग भएको छ ।”उहांले थप्नुभयो,“समृद्धि त सरकारलाई मात्रै आयो जनतालाई नआउने भयो ।”उहांले सबै खाले गलत कदमलाई निस्तेज पार्ने गरि काम गर्न सरकारलाई सुझाव समेत दिनुभएको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम सुनारको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरु शेर बहादुर बिसी,सागर के.सी.,झविलाल थापा,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल, अखिल नेपाल किसान महासंघका केन्द्रिय महासचिव कृष्ण के.सी.,अ.ने.म.संघ केन्द्रीय उपाध्यक्ष शकुन्तला राना,अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे,अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर लगायतका बक्ताहरुले सम्बोधन गर्दै सार्वभौमिक देश नेपालका जनता कसैको दास र गुलामी नभएको बताउनुभएको छ । आर्थिक उन्नतिका पूर्वाधारहरूको विकासमा व्यक्ति र पार्टीगत स्वार्थ भन्दा माथी उठेर काम गर्न सरकारलाई उहांहरुको सुझाव छ । अर्घाखाँची सहित छिमेकी जिल्ला प्युठान,गुल्मी,कपिलवस्तु,रुपन्देही,पाल्पा लगायतका स्थानबाट हजारौं दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्र तथा जिल्ला कलाकारहरूले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

    Advertisement

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...