• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

सोरठी नचरी संरक्षणमा जुटे बिरकोटका स्थानीय(फोटोफिचर)


  •   शनिबार, असोज २५, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ।  गलकोट नगरपालिका वडा नं ८ काॅडेबास बिरकोट मगर समुदायको बसोबास भएको गाउॅ हो । दर्लामी मगर,बुढाथोकी र सलामी मगरहरुको बाहुल्यता रहेको उक्त गाउॅ कला संस्कृतिको धनी ठाउॅ हो । विशेष गरि महान चाड तिहारमा गाईने सोरठी देउसी भैलो त्यहाॅको विशेषता रहेको छ । स्थानिय स्तरमा संस्कृति संरक्षण मञ्च नामक सामाजिक संस्थाले कला संस्कृतिको संरक्षण र जगेर्ना गर्दै जीवन्त राख्न प्रयत्नशिल छ । त्यस्तै बिरकोट मगर समाज र गैरी गाउॅ आमा समुह बिरकोटले त्यसमा सहकार्य गरिरहेको छ ।मञ्चले स्थानिय देउसी भैलो र सोरठीलाई संरक्षण गर्न गाउॅमै सुटिङ युनिट ल्याएर नचरी भाग १, भाग २, भाग ३ हुॅदै अहिले भाग ४ छायाङकन गरेको छ । गाउॅकै कला संस्कृतिलाई झल्काउने गरि भिडियो तयार पारिएको छ । भाग ३ सम्मका सबै गीती एल्वम सार्वजनिक भईसकेका छन भनें भाग ४ यो तिहार अगावै सार्वजनिक गर्ने तयारी भईरहेको छ । मगर समुदायमा यसै पनि कला संस्कृति र सभ्यतामा धनी मानिन्छ । कला गलाले भरिपुर्ण कलाकारहरु यो समुदायमा जन्मेका छन । तिहारमा खेलिने देउसी भैलो सोरठीलाई डिजिटल प्रविधिको यो जमानामा सदैव जीवित राख्न र बुढापाकाले कला संस्कृतिलाई पछिल्लो पुस्तालाई पुस्ता हस्तान्तरण गर्न त्यस तर्फ आकर्षित गर्न आफुहरु प्रयासरत रहेको संस्कृति संरक्षण मञ्च काॅडेबासका अध्यक्ष तथा सोरठी कलाकार डिल बहादुर बुढाथोकीले जानकारी दिए । रामायण, कृष्ण चरित्र, तिहारमा भाई टीकाको महत्व, दिदीभाईको सम्बन्ध, त्यस्तै १४ औं शताब्दीका पाल्पा बल्ड्याङगढीका लोकप्रिय राज बलि हाङको पाला देखि तिहारमा भाई टीका सुरु भएको किंवदन्ती रहेको मञ्चका सदस्य पदम सलामी मगरले जानकारी दिए । स्वर्गको यमराजले त्यि राजालाई लिन आउने र स्वर्गमा लाने कुरा प्रजाले थाहा पाए सॅगै तिहारे औंशीमा त्यि राजाको सु-स्वास्थ्य, दीर्घायुको कामना गरेर चोखो निष्ट गरि बसेको अनि प्रजाको राजा प्रति देखाएको माया अनि व्यवहार देखेर पछि यमराजले राजालाई केहि गर्न नसकेको र पछि त्यहि खुसीयालीमा राजाले जनतालाई ३ दिन ३ रात दीपावली गरि मिठा परिकारहरु खाएर खुसीयाली मनाउन अनुरोध गरेको र त्यहि बेला देखि दीपावली मनाउन सुरु गरिएको जस्ता विषयवस्तु नचरी एल्वम अन्तरगत देउसी भैलो र सोरठी गीतमा समावेश गरिएको छ । त्यस्तै तिहारमा भाई टीका लगाउन भाई दिदीकोमा जाने क्रममा बाटोमा काली नागले बाटो छेकेर आज तॅलाई म खान्छु खान्छु भनेको त्यसपश्चात भाईले नागलाई अनुरोध गरि अहिले मलाई नखाउ म मेरी दिदीको हातको टीका लगाएर आउॅछु अनि खाउला भनि अनुरोध गरेपछि काली नागले छोडेको र भाई दिदीकोमा पुगेर टीका लगाउने क्रममा दिदीलाई कालीनागले गरेको गतिविधी बताएका र टीका थापिसकेपछि आशिवार्द दिने क्रममा दिदीले कालीनाग सात टुक्रा परोस भनि ओखर फोडेको, ७ रङ्गी टीका लगाई दिदीले भाईको सु-स्वास्थ्य, दीर्घायुको कामना गरेको र पछि फर्कदा नाग सात टुक्रा परेको र यहि खुसीयालीमा उनले तिहार मनाएको र त्यहि बेलाबाटै भाई टीका सुरु भएको कथा वस्तु गीत र नृत्य मार्फत भिडियोमा छायाङकन गरिएको छ । गीतमा लोकप्रिय कलाकार भुपेन्द्र सलामी मगर, तुल बहादुर सलामी मगर, डिल बहादुर बुढाथोकी लगायतको आवाज रहेको छ । त्यस्तै कला संस्कृतिको संरक्षण सम्वर्दनको निम्ति उक्त कार्यमा गलकोट नगरपालिकाले पनि सहकार्य गर्दै नगद रु १ लाख आर्थिक सहयोग गरेको नगर उप प्रमुख रेनुका काउचा मगरले बताईन । त्यस्तै ताराखोला गाउॅपालिकाले नगद रु २५ हजार र अन्य स्थानियबासी देश विदेशमा रहेका शुभेच्छुकहरुले समेत आर्थिक सहयोग गरेका छन । छायाङकन कार्यक्रममा गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगर, गलकोट नगरपालिकाका नगर उप्रमुख रेनुका काउचा मगर, ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका ८ का वडा अध्यक्ष रामप्रसाद कॅडेल, वडा नं ११ का वडा अध्यक्ष डम्मर श्रीस, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा, जनता टेलिभिजनका पत्रकार कौरव खत्री, सामुदायिक रेडियो गलकोटका कार्यक्रम संयोजक सरिता खत्री, देउसी भैलो सोरठी गायनका कलाकारहरु, कलाप्रेमी, समाजसेवीहरु, स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सोरठी नचरी भाग-४ गीत सार्वजनिक भएपछि युट्युवमा हेर्न सकिने संस्कृति संरक्षण मञ्चले जनाएको छ ।

    Advertisement

    शनिबार, असोज २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...