रोशनी शाहीलाई पतिले दिए डिभोर्स ! (पत्रसहित)

काठमाडौ। निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई यौन दूव्र्यवहार गरेको आरोप लगाउने महिलाले डिभोर्स प्रक्रीया सुरु गरेकी छन् । संसद सचिवालयमा कार्यरत महिला रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीसंग डिभोर्स प्रक्रीया सुरु भएको हो । महरालाई बलात्कारको आरोप लगाएर पछि शाहीले आफैले खण्डन गरेकी थिईन। महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।आरोप लगाउने शाहीले महराले आफुलाई दूव्र्यवहार नगरेको भन्दै उनिविरुद्ध उजुरी दिन अस्विकार गरेकी थिईन् ।शाहीका श्रीमानले सामाजिक संजाल फेसबुकमा कानुनी रुपमै श्रीमान श्रीमतको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।आजैका मितिदेखि दुईजनाबीच छुट्टाछुट्टै बस्ने सहमति भएको रोशनीका श्रीमान शाहीले लेखेका छन । यो घटनासँगै महरा प्रकरण नयाँ मोडमा पुगेको छ ।रोशनीका श्रीमानले दुईजनाबीचको सहमति फेसबुकबाट समेत सार्वजनिक गरेका छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...