`वर्तमान सरकारसँग नैतिकता नभएको कांग्रेसको आरोप´

सुरज घिमिरे, बुटवल । नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णु मुस्कानले दुई तिहाईको सरकारसँग नैतिकता नभएको आरोप लगाएका छन् ।नेपाली काँग्रेस अर्घाखाँची रूपन्देही सम्पर्क समाजद्वारा अायाेजित विजया दशमी, शुभ दिपावली तथा छठ पर्वकाे अबसरमा शुभकामना अादानप्रदान कार्यक्रममा बोल्दै सभापति मुस्कानले वर्तमान सरकारको काम प्रति जनता निराश भएको बताए ।मुस्कानले जनताले शान्ति सुरक्षाको अनुभुती गर्न नपाएको बताउदै काँग्रेसका नेता मिनेन्द्र रिजालमाथी तनहुँमा भएको आक्रमण प्रती चर्को बिरोध गरेका छन् ।कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीका पुर्व सभापति तथा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले दुईतिहाईको सरकार काण्डै – काण्डमा मुछिएको आरोप लगाए ।उनले वर्तमान सरकारबाट प्रजातन्त्र मासिन थालेको आरोप लगाउदै प्रजातन्त्रको रक्षाको लागि एकजुट भएर अगाडी बढ्न आग्रह गरे ।कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले जनताको मर्म अनुसार काम गर्न नसकेको आरोप लगाउदै सरकारले राम्रो गरे कांग्रेसले पुर्ण रुपले समर्थन गर्ने बताए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...