अनिल खत्री , गुल्मी । गुल्मीमा नियम बिपरित रातो नम्बर पिलेटका सवारी साधनले यात्रु बोक्ने सवारी साधनलाई कारवाही सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले जिल्ला भर चल्ने रातो नम्बर पिलेटका सवारी साधानहरुलाई कारवाही सुरु गरेको हो ।चाडवाड नजिकिदै जान थालेसँगै क्षमता भन्दा वढि यात्रु बोक्ने र दुर्घटना समेत बढने भन्दै सवारी साधनहरुलाई कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । जिल्ला ट्राफिक कार्यालय गुल्मीले सोमबार नियम बिपरित सवारी चलाउने र क्षमता भन्दा वढि यात्रु बोक्ने १ दर्जन वढि सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए ।कारवाही गरिएका सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीको परिसरमा राखिएको छ । ट्राफिक प्रहरीले सवारी चालक र सवारी धनीलाई प्रर्शिक्षण कक्ष राखेर बुझाइने प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए ।जिल्ला सदरमुकामबाट बिभिन्न ग्रामीण भेगमा चल्ने सवारी साधनहरु मध्ये रातो नम्बर पिलेटका सवारी साधनहरुले नियम बिपरित यात्रु बोक्ने गरेकाले पहिलो चरणमा सम्झाई बुझाई गर्दा पनि अटेर गरेपनि केहि सवारी साधानलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । चाड पर्वको बेला क्षमता भन्दा वढि यात्रु बोक्ने र दुर्घटना समेत घटने भएकाले त्यसलाई रोक्नको निम्ति प्रहरीले चेक जाँचलाई कढाई गरेको छ ।जिल्ला भर चल्ने सार्बजनिक यातायात र रातो नम्बर पिलेटका सवारी साधनलाई चेक जाँच गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्का सहितको टोलीले दैनिक जसो बिभिन्न स्थानमा पुग्ने गरेका छन् । हाल जिल्ला भरका अधिकांश स्थानमा रातो नम्बर पिलेटका सवारीका साधनले पनि सवारी बोक्ने गरेका छन् । जुन प्रयोजनको लागि ल्याएको सो कार्य गरेर सवारी चलाउन र अटेर गरे नियमअनुसार करवाही गरिने प्रहरी नायव उपरिक्षक घलेले बताए । जिल्ला भर झण्डै १ सय वटा रातो नम्बर पिलेटका यात्रु बोक्ने सवारी साधनहरु रहेका छन् ।
गुल्मीमा दर्जन वढि सवारी साधनलाई कारवाही
गुल्मीमा दर्जन वढि सवारी साधनलाई कारवाही
![](https://kamanadaily.com/wp-content/uploads/2019/09/IMG_4798.jpg)
Advertisement
तपाईको प्रतिक्रिया