दिपेन्द्र श्रेष्ठ, अर्घाखाँचीमा पहिरोमा पुरिएर दुईजना गंभिर घाईते भएका छन। जिल्लाको छत्रदेब गाउपालिका वडा नं ७ ढु्ङ्गाखोर( ढुवाट) भन्ने ठाउमा पोहिरोमा पुरिएर छ्त्रदेब ५ छत्रगन्ज बस्ने अन्दाजी ४५ बर्षीय फनकुमार श्रेष्ठ र छत्रगन्जकै अन्दाजी ५० बर्षिय डिल प्रसाद श्रेष्ठ गम्भीर घाइते भएको अर्घातोष प्रहरी चौकी अर्घातोषले जानाकारी दिएको छ |सोमबार दिउसो करिब १ बजे खानेपानीको पाइप मर्मत गर्ने क्रममा उक्त स्थानमा पहिरो जादा पहिरो संगसंगै करिब ७ ,८ मिटर तल झरी पुरिएका दुवै घाइतेलाई अर्घातोष प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक गिताराम भुसालको कमण्डमा खटिएको टोलि र स्थानीयको सक्रियतामा उद्धार गरि प्राथमिक उपचार पश्चात थप उपचारको लागि प्रभाष मेडिकल पाल्पा पठाइएको नेपाल रेडक्रस सोसाइटी छत्रगन्ज उपशाखाका अध्यक्ष स्थानीय समाजसेबी कैलास कुमार श्रेष्ठले जानाकारी दिनुभयो |
छत्रदेवमा पहिरोले पुरिएर दुइजना गम्भीर घाइते
छत्रदेवमा पहिरोले पुरिएर दुइजना गम्भीर घाइते

Advertisement
तपाईको प्रतिक्रिया