रुकुम पश्चिम । आठबीसकोट–६को दामाचौरबाट ट्याक्टर सडकभन्दा सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । पाइप लगायतका सामग्री बोकेको भे १ च ६८९३ नम्बरको ट्याक्टर बिहान ८ बजे ठूलीभेरी नदी किनारमा खस्दा अन्य ३ जना घाइते भएका छन् ।दुर्घटनामा परी डोल्पा इलका १ जना र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । डोल्पा इलका ती व्यक्तिको नाम खुल्न सकेको छैन । दुर्घटना स्थलमा फोन सम्पर्क हुँदैन । चालक आठबीसकोट नगरपालिका–६, दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी सख्त घाइते भएका छन् । सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमिका १५ वर्षीय मोहन बोहरा सामान्य घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।घाइते सबैलाई आठबीसकोट नगर अस्पताल ल्याइएको छ ।
Advertisement