काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ। नयाँ बानेश्वर चोकमा मन्त्री चढ्ने गाडी कारवाहीमा परेको हो । महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक नियम उलंघन गरेपछि नयाँ बानेश्वर चोकमा ह्वील लक गरी प्रहरीले कारबाही गरेको हो।मन्त्रीको गाडी पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिएको देखेपछि प्रहरीले कारवाही गरेको हो । पार्किङ निषेधित क्षेत्रमा मन्त्रीको गाडी रोकिराखेको देखेपछि ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेका छन् । ट्राफिक प्रहरीले लाइसेन्स राखिदिएपछि एक हजार रुपैया बुझाएर मन्त्रीका गाडीका चालकले गाडी लिएर गएका छन् । कारवाही गरिएको गाडीमा मन्त्री भने बसेका थिएनन् ।
Advertisement