काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा नेपाल–भारत सम्बन्धमा कुराकानी हुनुका साथै उनको स्वास्थ्यका विषयमा जयशंकरले जानकारी लिने जनाइएको छ ।
Advertisement