अनिल खत्री, गुल्मी । प्रदेस ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले स्थानीय तहलाई बाटो खन्ने मात्रै नभई शिक्षा र स्वास्थ्यमा पनि प्राथमिकता दिन उनले स्थानीय तहहरुलाई आग्रह गरेका छन् । जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको स्थानीय तह र जिल्ला स्थित कार्यलयहरुको आर्थिक बर्ष ०७५÷०७६को बार्षिक समीक्षा गोष्ठीमा सदरमुकाम तम्घासमा रोखेको थियो ।जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म चलेको समिक्षा कार्यक्रममा पहिलो दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र दोस्रो दिनको कार्यक्रममा प्रदेस ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल सहित सांसदहरु सहभागिता रहेको थियो । समिक्षा कार्यक्रमको समापन गर्दै मन्त्री बरालले भौतिक पुर्वाधार संगै सामाजिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका छन् । कर्मचारी अभाव छ भनेर उम्कने अधिकार कसैलाई नभएको बताए । उनले अघिल्लो आर्थिक बर्षमा कर्मचारी अभाब र कानुन निर्माण नभएको बाहान देखाएर कर्मचारी उम्कने गरेको पाईएको बताए । यस आर्थिक बर्षमा त्यसरी उम्कने अधिकार कसैलाई नभएको बताएका छन् । लोक सेवा आयोगले कर्मचारी अभाबलाई नै महसुस गर्दै बिज्ञापन खोलेको भन्दै कर्मचारीको अभाब बिस्तारै कम हुने दाबी बताए । कार्यलयमा दरबन्दी हुने तर कर्मचारी नहुने अबस्थाको बिस्तारै अन्त्य गर्ने गरी प्रदेश सरकार लागि परेको बताए । जिल्लाका स्थानीय तहहरुले कार्य गर्दै गर्दा जनताको अपेक्षाहरु धेरै भएता पनि दीर्घकालिन महत्वका योजनाहरुलाई प्रथामिकता दिन पनि आग्रह गरे । समिक्षा कार्यक्रमले थप जबाफदेही बनाएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए ।उनले जिल्ला समन्वय समितिले अनुगमनको कार्यलाई अझ तिब्रता दिदै जाने बताए । समीक्षा कार्यक्रममा १२ वटा स्थानीय तहका प्रमुखहरु सहित प्रदेश सांसदहरु दिनेश पन्थी , खडग केशी, कमल श्रेष्ठ लगायत स्थानीय तह उपप्रमुख, प्रशासकीय अधिकृतसँगै जिल्ला स्थित कार्यलयका कार्यलय प्रमुखहरु, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
स्थानीय तहलाई शिक्षा र स्वास्थ्यमा जोड दिन मन्त्री बरालको आग्रह
स्थानीय तहलाई शिक्षा र स्वास्थ्यमा जोड दिन मन्त्री बरालको आग्रह

Advertisement
तपाईको प्रतिक्रिया