दिपक वली,दाङ ।सिंहदरवारको अधिकार गाँउसम्म नारा अझै पनि दाङका केही नागरिकहरुले अनुभूति गर्न अझै केही वर्ष लाग्ने देखिएको छ । भारतसँग सिमान जोडिएको राजपुर गाउँपालिकाका नागरिकहरुले आधारभूत सेवाबाट बञ्चित भएका छन । हरेक नागरिकले स्वास्थ्य, शिक्षा, यातायात, सफा पिउने पानि जस्ता आधारभूत आवश्यता पाउनुपर्ने मौलिक हकमा ब्यवस्था छ । तर पनि राजपुरको भारतीय नाका क्षेत्रका नागरिकहरु यी सुविधाबाट बञ्चित छन । स्वास्थ्य सेवामा पहुँच हुन नसक्दा नाकाबासीका बिरामीहरुले अकालमै ज्यान गुमाउने गरेका छन । स्वास्थ्य मात्र होईन, शिक्षामा समेत सहज पँहुच हुन नसक्दा विद्यार्र्थीरु मर्कामा परेका छन । उच्च शिक्षाका लागि कोठा भाडा लिएर बस्नु पर्ने बाध्यता छ ।
कक्षा १० मा अध्ययन गर्ने राजपुर गाउँपालिका १ सिरिया नाकाकी सुस्मीता पुन मगरले मटेरिया भन्ने स्थानमा कक्षा ६ देखि कोठा लिएर बस्दै आउनुभएको छ । सिरिया नाकाबाट जनज्योति माध्यामिक विद्यालय मेटरिया आउन कम्तीमा पनि एक दिन लाग्ने पुनले बताउनुभयो । त्यसकारणले पनि कक्षा १० सम्म पढ्नका लागि पनि कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता रहेको उहाँले दुखेसो सुनाउनुभयोे ।
कक्षा १० सम्म पढ्नको लागि मासिक १५ सय तिरेर कोठा भाँडा लिएर बस्ने दर्जन बढी बालबालीका रहेका राजपुर गाउँपालिका सुकौली नाकाका रमेश सुनारले बताउनुभयो । दैनिक ८÷९ घण्टा हिडेर विद्यालय आउने र त्यति नै समय घर फर्कन समय लाग्ने भएकाले भाई बहिनीसहित कोठा लिएर बस्दै आएको उहाँले पनि सुनाउनुभयो ।
तर उक्त गाउँपालिका भित्र माध्यामिक विद्यालय ७ वटा र आधारभूत विद्यालय २४ गरि जम्मा ३१ वटा विद्यालय छन । तिमध्ये नाका क्षेत्रमा आधारभूत विद्यालय ७ वटा र मावि विद्यालय ३ वटा वडा नम्बर ६ को खाग्रां नाकामा एउटा, वटा वडा नम्बर ७ मा भौवा नाका र भैसाई नाकामा एक ÷एक वटा माध्यामिक छन। उक्त गाउँपालिकाको वडा नम्बर १, ६ र ७ वडाहरु भारीतय सीमा जुन ६० कि.मी भारतको बोडरसँग जोडिएको छ ।
सडक नबन्दा सवारी साधान सञ्चालन हुन अझै पनि सकेको छैन भने बर्षातको समयमा आउने खहरे खोलाको जोखिमका कारण पानि पर्न थाले बिद्यालय बन्द गर्नुपर्ने बाध्यता छ । पुल नहुँदा नाका तथा खोला क्षेत्रका विद्यार्र्थीरु पानी पर्ने अवस्थामा पढाई छोडेर घर तथा डेरा जाने समस्याले शिक्षालाई प्रभाबकारी बनाउन अर्को चुनौति रहेको माबि मटरेयाका प्रधानाध्यापक केशवराम यादवले बताउनुभयो ।
दाङकै विकट गाउँपालिका र त्यसमा पनि वडा नम्वर १, ६ र ७ अत्यन्त बिकट भएकाले संघीय सरकार र प्रदेश सरकारले सहयोग गनुपर्ने राजपुर गाउँपालिकाकाकि उपाध्यक्ष धनपतिदेवी यादवले बताउनुभयो । नाका क्षेत्रका नागरिकका लागि शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, पिउने पानिलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम गाँउपालिकाले पनि गर्ने प्रयास गरेको उहाँले बताउनुभयो ।
सिंहदरवारको अधिकार गाँउसम्म भएपनि अझै सास्ति खेप्दै मटेरीयाका बिद्यार्थि
सिंहदरवारको अधिकार गाँउसम्म भएपनि अझै सास्ति खेप्दै मटेरीयाका बिद्यार्थि

Advertisement
तपाईको प्रतिक्रिया