काठमाडौं। प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित तीन जनालाई प्रहरीले बुधबार रुकुमबाट पक्राउ गरेको छ ।केन्द्रीय सदस्य श्यामबहादुर बोहरासहित दुईजना अखिल क्रान्तिकारीका विद्यार्थी नेता पक्राउ गरिएको प्रहरीले जनायो ।प्रहरीले देशभर विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।सोमबार मात्र पनि राजधानी काठमाडौंबाट तीन नेता पक्राउ गरिएको थियो ।
Advertisement