रुपन्देही । जिल्लाको रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन् । जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवामा रहेको भीम अस्पतालमा उपचारत भईरहेको छ । रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको भीम अस्पतालले जनाएको छ ।केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए ।अस्पतालमा उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था समान्य रहेको भैरहवा भीम अस्पतालका चिकित्सक डा. त्रिलोचन पन्थीले जानकारी दिए । वर्षायाममा जथाभावी उम्रिने नखान चिकित्सकको आग्रह छ ।
Advertisement