कपिलवस्तु। विभिन्न ८ वटा जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कपिलवस्तुको मायादेवी गाउँपालिका ४ पिपराका ४८ बर्षीय नसिम खा बादशाहलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। जिल्ला अदालतको आदेशपछि उनलाई थुनामा पठाइएको हो। नसिमबिरुद्ध ७ वटा कर्तव्य ज्यान र एउटा डाँका सम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ। बिगत १३ बर्षदेखि भारतको अलिगढवामा बसेर अपराधिक क्रियाकलाप फैलाउँदै आएको प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेयले बताए। न्यायधीश भरतमणि खनालको एकल इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा ६७ सोही दफाको ८० अनुसार नसिमालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको अदालतका तहसिलदार लेखनाथ अर्यालले बताए। यसअघि अदालतले डाँका चोरी मुद्दामा अदालतले २०७२ फागुन ४ गते १ लाख ९१ हजार ८५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय समेत तोकेको थियो। मुद्दा लागे पनि राजनीतिक पहुँचका आधारमा नसिम लुकीछिपी बस्दै आएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालयको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सिनामंगलबाट गत असार २१ गते पक्रेका थियो। तहसीलदार अर्र्याल अनुसार घटनापछि फरार रहँदै आएकाले नसिमबिरुद्धको मुद्दा मुल्तबी राखिएको थियो। प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गरेपछि ४ वटा कर्तव्य ज्यान सम्बन्धी मुद्दा ब्युतिएको अर्यालले बताए। सो ४ मध्ये २ वटामा थुनामा राखेर पठाउने आदेश दिइएको छ भने २ वटा मुद्दामा तारेखमा राखेर कारबाही प्रक्रिया अघि बढाउने न्यायाधीश खनालले आदेश दिएको श्रेस्तेदार अर्यालले बताए। आफना श्रीमान प्रेम परियारको हत्यामा श्रीमती शान्ता परियारले दिएको जाहेरी तथा शिव वुजना कुर्मीको हत्यामा ओम प्रकाश कुर्मीले दिएको जाहेरीमा पुर्पक्षकालाथि थुनामा राख्ने आदेश भएको हो। प्रेम परियारको हत्याको मुद्दामा श्रवण कुमार मौर्यलाई सर्वस्वसहित जन्म केद फैसला भएको थियो। मौर्य कारागारमा सजाय काटिरहेका छन्।
नसीम खानलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश
नसीम खानलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

Advertisement
तपाईको प्रतिक्रिया