घाेराही । दाङमा ईनारमा खसेर आइतबार बिहानै एकजनाको मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १५ वर्षकी सम्झना बुढाको ईनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत विनोद विक्रम शाहले जानकारी दिएका छन् ।आमा बिमा बुढा आइतबार बिहानै घाँस काट्न गएकी थिइन् । घाँस लिएर आएपछि सँगै सुतेकी छोरीलाई उठाउन जाँदा देखिनन् ।छोरी खोज्ने क्रममा आफ्नै आँगनको इनार भित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Advertisement