बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् । प्रदेश ५ को बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताए । ‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएकै हो’, उनले भने, ‘सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन । विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’प्रचण्डनिकट नेता पौडेलले सरकार परिवर्तनको समय आइनसकेको तर समय आएपछि सहमति अनुसार सरकारमा ओलीको नेतृत्व परिवर्तन हुने र त्यो भूमिका पार्टीका अर्का अध्यक्ष प्रचण्डले गर्ने दाबी गरे ।उनले सरकारको काम–कारबाही प्रभावकारी हुन नसकेकाले तत्काल मन्त्री परिवर्तन गर्नुपर्ने मागसमेमत गरेका छन् । ‘सरकारले देखिनेगरी काम गर्न सकेको छैन । कमीकमजोरी देखिएका छन्’, नेता पौडेलले भने, ‘यसका लागि मन्त्री फेर्नुपर्छ ।’नेता पौडेलले सरकार सुशासनको दिशामा कमजोर देखिएको बताए । निर्मला काण्ड, संसद्मा दर्ता भएका विभिन्न विधेयक, विषादी परीक्षणलगायत विषयमा सरकार बुद्धिमत्तापूर्ण ढंगले अघि नबढेको पौडेलको ठम्याइ छ ।निर्मला पन्त प्रकरणलगायतका विभिन्न विषयमा मन्त्रालयका काम प्रशंशायोग्य भन्दा आलोचना धेरै भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री फेर्नेबारे सोच्नुपर्ने बताए ।
‘सरकार नेतृत्व परिवर्तन हुन्छ, मन्त्री फेरिनुपर्छ’: देवेन्द्र पौडेल
‘सरकार नेतृत्व परिवर्तन हुन्छ, मन्त्री फेरिनुपर्छ’: देवेन्द्र पौडेल

Advertisement
तपाईको प्रतिक्रिया