सागर थापा,दाङ। लगातारको वर्षातका कारण विभिन्न जिल्लामा मानविय र अन्य क्षति भैरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय दाङले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङका सिडियो गोविन्द रिजालले दाङ जिल्ला बाढि पहिरोको जोखिममा रहेको भन्दै सम्भावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न अपिल गरेका छन् ।उनले बाढि तथा पहिराले समेत विभिन्न स्थानमा अवरोध गर्न सक्ने भन्दै जिल्लाको उद्धार समिति सबै स्थानमा परिचालन भैसकेको समेत जानकारी दिएका छन् । उनले वर्षातको समयमा बाढि आएका खोलाहरुमा सवारीसाधन नचलाउन समेत सबैलाई आह्वान गरेका छन् । सिडियो रिजालले कहिँकतै केही समस्या आईपरेको खण्डमा तत्काल नजिकैको प्रहरीलाई खबर गर्न समेत आह्वान गरेका छन् । उनले स्थानीय निकायहरु र व्यवसायिहरु सँग निरन्तर समन्वय र सहयोगको समेत आवश्यक रहेको बताएका छन् । “हाम्रो टिम तयारी अवस्थामा रहेको छ । उच्च जोखिम भएका स्थानहरुमा हामी स्थानीय प्रहरी र नागरिक सँग सम्पर्कमा छौं सिडियो रिजालले भने” ।यता दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले खोलाहरुमा उद्धार सामाग्री सहित प्रहरीको टोलि २४ घण्टे डिउटि व्यवस्थापन गरेको समेत जानकारी दिए । उनले जिल्लाका राप्ती नदि, बबई नदि र अन्य खहरे खोलाहरुमा आउन सक्ने बाढिबाट कुनैपनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । उनले केही समस्या भए तत्काल १०० नम्बरमा फोन गर्न अथवा नजिकैको प्रहरीलाई जानकारी गराउन समेत अनुरोध गरेका छन्
बाढी पहिरोको जोखिम क्षेत्रमा सतर्कता अपनाउन दाङ प्रशासनको अपिल
बाढी पहिरोको जोखिम क्षेत्रमा सतर्कता अपनाउन दाङ प्रशासनको अपिल

Advertisement
तपाईको प्रतिक्रिया