कामना डेली, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी(नेकपा)ले असार २२ गते(आईतवार) नेपाल बन्दको आह्वान गरेको छ ।उस्ले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरि सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै बन्द गर्ने घोषणा गरेको उल्लेख गरेको छ ।पश्चिम कमान्ड इन्चार्ज प्रताबको नामबाट जारी बिज्ञप्तिमा नेकपाले हत्यारा फाशिष्ट प्रतिकृयावादी संसदीय व्यवस्थाका दलालहरुको संयुक्त सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको जनाएको छ । यस सरकारले कानुनलाई आफ्नो मुठिमा लिएर दमनकारी फासीवादी चरित्रहिन व्यवहार गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उक्त विज्ञप्तिमा सो दिन बन्दको उल्लघंन गरि प्रहरीको स्कटिङमा गाडि चलाउनेलाई बन्द सकिएपछी कारवाही गरिने बिज्ञपति मार्फत चेतावनी समेत दिइएको छ ।
Advertisement