काठमाडौं- रुकुमपुर्वमा जीप दुर्घट्नामा परेको छ।दुर्घट्नामा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर छ । रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका-६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका-५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम ९पश्चिम का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचार भइरहेको छ । ।
रुकुमपूर्वमा जीप दुर्घटना ५ घाइते ३ जनाको अवस्था गम्भीर
रुकुमपूर्वमा जीप दुर्घटना ५ घाइते ३ जनाको अवस्था गम्भीर

Advertisement
तपाईको प्रतिक्रिया