नवलपरासी– राजमार्गमा खटिएको प्रहरीको टोलीले नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो। उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको छ।यस्तै सोही स्थानमा बझाङबाट काठमाडौँका लागि छुटेको ना६ख १३३३ नंको बसमा सवार ललितपुरका २६ वर्षीय विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेललाई लागुऔषधसहित पक्राउ गरेको छ।उनीहरुको साथबाट लागुऔषध नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागुऔषध बरामद गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
चोरमाराबाट लागुऔषधसहित तीन जना पक्राउ
चोरमाराबाट लागुऔषधसहित तीन जना पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया