बुटवल । रुपन्देहीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । मंगलबार पानी संगै परेको चट्याङले उनिहरुको ज्यान लिएको हो। मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीको ६२ बर्षिय चन्द्र बहादुर बिक रहेका छन् । घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि घाईते भएका बि.क.को लुम्बिनी प्रार्देशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।त्यस्तै कञ्चन गाउँपालिका वडा नंं २ बसन्त फुलबारी बस्ने ६० बर्षिय नन्दराम अर्यालको पनि घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ । यता गैडहवा गाउँपालिका वडा नंं. ७ वर्गदैया बस्ने राम जित लोधको २५ बर्षका छोरा भागवत दास लोधलाई पनि तरकारी बारीमा जानेक्रममा चट्याङ लागि मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।
Advertisement