सल्यान : अख्तियारको टोलीले शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओलीलाई २५ हजार रुपैया घुससहित पक्राउ गरेको छ।ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत रहदैं थिए।उनलाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो। घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्। ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए। ‘आवश्यक प्रकृया पूरा गरेपछि मुद्दा प्रकृया अघि बढाइने छ’उनले भने।
Advertisement