प्युठान। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट किसान संगठन अखिल नेपाल किसान महासंघ ५ न. प्रदेश समितिको इन्चार्जमा हरि पराजुली र अध्यक्षमा बुद्ध बहादुर बस्नेत मनोनीत भएका छन ।अखिल नेपाल किसान महासंघ केन्द्रिय कार्यालयको शनिबार बसेको बैठकले पराजुलीलाई इन्चार्ज र बस्नेतलाई अध्यक्षमा मनोनित गरेको हो । पराजुली बाँकेबासी हुन उनी पुर्व कृषि मन्त्री समेत हुन भने बस्नेत प्युठानबासी हुन । बस्नेत ऐरावती गाउँपालिका प्युठानका उपाध्यक्ष समेत हुन ।
Advertisement