टेकबहादुर पुन÷देउखुरी। पुर्व उप प्रधानमन्त्री तथा नेकपा मालेका नेता महासचिव सिपी मैनालीले अहिलेको दुईतिहाई सरकार आफ्नो सिद्दान्त मै अन्योल रहेको आरोप लगाएका छन् । नेकपा माले प्रदेश ५ कमिटीले मँगलबार लमहीमा आयोजना गरेको बैठकमा सहभागी हुन आएका मैनालीले पत्रकारसँग कुरा गर्दै सरकारमा रहेको दुइ तिहाईको कम्युनिस्ठ सरकार नामको मात्र भएको बताए । चुनावी प्रतिवद्दता अनुसार काम गर्न नसक्ने सरकारलाई अव जनताले मुल्याङ्कन गर्ने बताउँदै मैनालीले सरकारले आफ्ना कार्यकर्ता भरण पोषणमा मात्र ध्यान दिएको आरोप लगाउदै आपत्ति जनाए ।‘सरकारले ठूलो तर खोक्रो किसिमको बजेट प्रस्तुत ग¥यो । सांसदलाई विकासे कार्यकर्ता बनाउने खेल मात्र गरेको छ ।’ मैनालीले भने ‘बिदेसी शक्तिको अगाडी लम्पसार सरकार अब चाहिएन ।’ उनले सरकारको यस किसिमको कार्यप्रति जनतालाई जागरुक बनाउन आफ्नो पाटी लागिपरेको जानकारी दिए ।उनले गरिब र बेरोजगार जनताको पक्षमा काम गर्नु साटो महँगीसँगै आफ्नो सेवा सुविधा र भत्ता अनाधिकृत रूपमा बृद्धि गरेकोप्रति भन्दै आक्रोस पोखे । उनले गरिव जनताको हकहितमा सरकारले काम गर्न नसकेको जिकिर समेत गरे ।धर्म निरपेक्षताको नाममा क्रिशयनको गतिविधि बढाउन सरकार लागि परेको उनको भनाई थियो ।
‘बिदेशी शक्तिको अगाडी लम्पसार सरकार अब चाहिएन’:नेता मैनाली
‘बिदेशी शक्तिको अगाडी लम्पसार सरकार अब चाहिएन’:नेता मैनाली
Advertisement
तपाईको प्रतिक्रिया