सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुमा ईद मिलन कार्यक्रम हुने भएको छ । कपिलवस्तुको मुख्य व्यपारीक केन्द्र मानिएको चन्द्रौटामा मुस्लिमहरुको महान पर्व ईदको अवसरमा इद मिलन कार्यक्रम आयोजना गरीएको हो । समाजमा अमन चयन कायम होस, समाज भाइचाराको सम्बन्ध स्थापित होस भन्ने उदेश्यले इल मिलन कार्यक्रम गर्न लागिएको हो ।इर्दको दिन अर्थात जेठ २२ गते बुधवार विहान चन्द्रौटामा भव्य इद मिलन कार्यक्रम आयोजना गरीएको चन्द्रौटाका मुस्लीम अगुवाहरुले बताएका छन । इदको नमाज पढेसकेपछी चन्द्रौटामा रहेको एनएमवि बैकं आगाडी इद मिलन कार्यक्रम हुने शाहबाज खानले बताउनु भयो ।इद मिलन कार्यक्रममा यस क्षेत्रका सबै भद्रभलादमी सहभागी भई इदको शुभकामना आदान प्रदान गर्ने मेनाज खानले बताउनु भयो । कार्यक्रममा विहान ९ बजे देखी सुरु हुनेछ । मुस्लीमहरुले एक महिना कठोर बत्र बसेर आर्काे दिन इद वर्प मनाउने गर्दछन ।
कपिलवस्तुमा ईद मिलन कार्यक्रम हुने
कपिलवस्तुमा ईद मिलन कार्यक्रम हुने

Advertisement
तपाईको प्रतिक्रिया