काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल साउनको अन्तिम साता चीन भ्रमणमा जाने भएका छन् ।असार २५ देखि साउन १ गतेसम्म चीनको भ्रमण गर्ने भएका हुन् ।मुख्यमन्त्रीको भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद वैठकले स्वीकृत गरी संघीय सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा पोखरेल चीन जान लागेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।भ्रमणका क्रममा मुख्यमन्त्रीले गरिबी निवारण तथा विकासबारे हुने कार्यक्रममा सहभागिता जनाउने छन् ।भ्रमणले चीन तथा नेपालका शहरहरूबीचमा भगिनी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने प्रवक्ता चौधरीले बताए ।
Advertisement