• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

लोकप्रिय समाचार

  • १. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • २. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • ३. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ४. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ५. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ६. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ७. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ८. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

प्युठानका सहिद तथा बेपत्ता परिवारलाई सम्मान


  •   बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
  • नोमराज पौडेल,प्युठान। गणतन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने प्युठानका सहिद तथा बेपत्ताका परिवारहरुलाई सम्मान तथा अभिनन्दन गरिएको छ । बुधबार सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठानले १२ औँ गणतन्त्र दिवसको अबसर पारेर उनिहरुलाई सम्मान गरेको हो। माओवादी विद्रोह देखि लोकतान्त्रिक आन्दोलन सम्म सहादत प्राप्त गर्ने जिल्लाका सहिद तथा बेपत्ता परिवारका ८० जना सदस्यहरुलाई सम्मान तथा अभिनन्दन गरिएको सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठानले बताएको छ । सहिद तथा बेपत्ताका परिवारलाई कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्णध्वज खड्काले दोसल्ला ओढाई सम्मान गर्नुभयो। प्युठान क्षेत्र नंवर २ बाट निर्वाचित ५ नंवर प्रदेश सभा सदस्य समेत रहनुभएका खडकाले कार्यक्रममा बोल्दै सहिदहरुकाे बलिदानबाट गणतन्त्र अाएकाे भन्दै अाफुहरुले सहिद परिवारकाे समस्यालाई प्राथमिकतामा राखेर सामाधान गर्न पहल गर्ने बताउनु भयाे। सहिद परिवारहरुसंग भेटघाट तथा अन्तरकृया समय समयमा गर्नु पर्ने भन्दै उहाले सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठान मार्फत प्रभावकारि गतिबिधि संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । वास्तविक गणतन्त्रकाे अनुभूति दिलाउने गरि अाफुहरुले काम गर्ने संसद खड्काको भनाई थियो। कार्यक्रममा सहिद नारायण बैदिकका बुवा गाेपाल बैदिकले परिवर्तनकाे लागि अाफ्नाे छाेरा संगै हजारौं छाेराछाेरिले रगत बगाएकाले सहिदलाई सम्झन अाग्रह गर्नुभयाे। स्थानिय सरकारले सहिद परिवारकाे लागि विशेष कार्यक्रम बनाएर अभिभावकत्व प्रदान गर्न अाग्रह गर्नु भयाे। बेपत्ता परिवारकि सदस्य दिपा देवी सुनारले घरकाे अभिभावक अहिले सम्म घर नफर्किएकाे भन्दै गणतन्त्र आएको महसुस हुने गरि स्थानिय सरकारले बेपत्ता परिवारका लागि विशेष राहतका कार्यक्रम संचालन गर्न माग गर्नुभयाे। सहिद उमेशचन्द्र स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सुरेशचन्द्र थापाले सहिद र सहिद परिवारलाई सम्झने कार्यक्रम अायाेजना गरेकाेमा धन्यबाद ब्यक्त गर्नु भयाे । नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश उपाध्यक्ष दिपा पाैडेल र नेपाल पत्रकार महासंघ प्युठानका नि वर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारिले शहिदहरुले बगाएकाे रगतबाट अाएकाे गणतन्त्रमा जनताकाे सेवाका लागि निर्वाचित स्थानिय सरकारका प्रतिनिधिहरुले सहिद परिवारका लागि विशेष कार्यक्रम संचालनमा ध्यान दिनुपर्ने बताउनुभयाे।नजिककाे सरकार स्थानिय सरकार भएकाले अावश्यक बजेट बिनियाेजन गरि राहतका विशेष कार्यक्रम संचालन गरि सहिद परिवारलाई अभिभाकत्व प्रदान गर्नुपर्ने अावश्यकता रहेकाे बताउनुभयाेकार्यक्रममा स्वर्गद्वारी नगरपालिका मेयर नेत्र बहादुर राेका ,प्युठान नगरपालिका मेयर अर्जुन कुमार कक्षपति , उपमेयर शान्ता अार्चायले सहिद परिवारकाे सम्मान सधै गर्ने र अागामी बर्ष अावश्यक बजेट विनियाेजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे।सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा प्युठानका अध्यक्ष तुल्सीराम शर्मा र सचिव कृष्ण अधिकारी प्रकाशले अाफ्नाे पार्टिले सधै अभिभाकत्व प्रदान गर्ने भन्दै सहिद परिवारका समस्या समाधानमा विशेष पहल गर्ने बताउनु भयाे । उहाँहरुले सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठान मार्फत अायअार्जन लगाएतका अन्य सहिद परिवारकाे विकास गर्ने कार्यक्रम संचालनका लागि पार्टिले अावश्यक सहयाेग गर्ने बताउनु भयाे।कार्यक्रमकाे अध्यक्षता समेत गरेका अायाेजक संस्था सहिद प्रतिष्ठान नेपाल जिल्ला शाखा प्युठानका अध्यक्ष कृष्ण घिमिरेले अाफुहरु सहिद परिवारकाे जीवन स्तर उकास्नका लागि अायअार्जन तथा राहतका कार्यक्रम संचालन गर्न तयार रहेकाले  सहिदहरुकाे सम्मान गर्दै सहिद परिवारका लागि बजेट बिनियाेजन गर्न स्थानिय सरकारका प्रमुखसंग माग गर्नुभयाे।सबैकाे साझा संस्था मार्फत काम गर्न अाफुहरु तयार रहेकाे भन्दै सबैकाे अावश्यक सल्लाह सुझावलाई अात्मसाथ गर्दै अगाडि बढ्ने याेजना अाफुहरुकाे भएकाेले सहयाेग गर्न अपिल गर्नु भयाे।संस्थाकि उपाध्यक्ष भगवती खड्काले सबैलाई स्वागत गर्नुभएकाे कार्यक्रमकाे संचालन संस्थाकाे सचिव मैले गरेकाे थिए। कार्यक्रम संचालनकाे लागि सहयाेग गर्नुहुने जिल्लाका ९ वटै स्थानिय तहका मेयर /अध्यक्ष ज्युहरु , नेकपा जिल्ला पार्टिका नेतागण तथा सहिद परिवार तथा कार्यसमितिका साथिहरुलाई विशेष धन्यबाद तथा अाभार प्रकट गर्दछु।

    Advertisement

    बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    लोकप्रिय

    • १.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • २.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ४.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ६.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    भर्खरै

    • १.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • २.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ३.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ४.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ५.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • ६.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ७.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ८.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...