रुकुम । रुकुम पश्चिममा भीरबाट लडेर एक जना किशोरीको ज्यान गएको छ। जिल्लाको सानीभेरी गाउँपालिका ६ मा भिरमा घास काट्ने क्रममा १८ बर्षिय किशोरी बिमला केसीको सनिबार भिरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको रिड्रनाखोला भिरमा घाँस काट्ने क्रममा सनिबार बिहान ८ वजे भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले बताएको हो । मृतक केसी भिरबाट करिव ४ सय मिटर तल खसेको र उनलाई घाँस काट्ने स्थानीयले भिरबाट लडेको अवस्थामा भेटेको बताईको छ ।।
Advertisement