देउखुरी । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले कम्युनिस्ट अान्दोलन नयाँ उचाइमा पुगेकाे र याे उपलब्धि रक्षा गर्न सबै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।
२६ अाैं मदन अाश्रीत स्मृति दिवस र पार्टी एकताकाे एक बर्ष पुगेकाे दिनकाे अवसरमा राप्ती गाउँपालिकाले मसुरियामा अायाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै शर्माले जन नेता मदन भण्डारी र कुशल संगठक जीवराज अाश्रीतले देखेकाे सपना साकार पार्ने दायित्व कम्युनिस्ट कार्यकर्ताकाे काँधमा रहेकाे बताउनु भयाे । प्रमुख अतिथि समेत रहनु भएका शर्माले जनताको पक्षमा काम गर्न वर्तमान सरकारले लाेकप्रिय कार्यक्रम ल्याएकै कारण विपक्षी अत्तालिन थालेकाे बताउनु भयाे ।
नेकपा राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य किरण भण्डारी, चित्रबहादुर थापा लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियाे ।
हिमाली न्याैपानेकाे स्वागत मन्तब्य वाट शुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव टाेपबहादुर झाक्रिले गर्नु भएको थियाे ।