काठमाडौं।
काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।
बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाडौं प्रहरी तत्कालै परिचालित भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले एसिड प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा आइसकेको जानकारी दिए ।
काठमाडौंका प्रहरी प्रमुख सुवेदीले आफ्नै श्रीमानले ती युवतीलाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
सुवेदीका अनुसार काभ्रेका विष्णु भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरी फरार भएपछि तत्काल भुजेललाई काठमाडौं काँडाघारी सनसिटीबाट पक्राउ गरेको बताए ।
युवतीको अवस्था गम्भीर छ। उनको दुइटै हात जलेको छ। छाती, गलामा पनि गहिरो घाउ भएको छ। उनको ओम अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको बताईएको छ।