• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लागु औषध दुर्व्यसन नियन्त्रण गर्न बागलुङ प्रहरी सक्रिय


  •   बुधबार, जेठ ०१, २०७६ मा प्रकाशित
  • सागर थापा, बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय लागु औषध नियन्त्रण अभियानलाई कडाईका साथ अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागु पदार्थ दुर्व्यसनबाट समाज र ब्यक्तिमा पर्नसक्ने सम्भावित खतरा न्युनीकरणका लागि आज कार्यालयमा पत्रकार घेटघाट तथा अन्तरसक्रया कार्यक्रमको आयोजना गरी यसको जानकारी दिएको हो । पत्रकार अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद शर्माले पहिलो चरणमा ४० जना लागुऔषध दुव्र्यसनीहरुको पहिचान गरी परामर्श शुरु गरिएको जानकारी दिए । लागु औषध दुर्व्यसनीले दिएको सूचनाकै आधारमा २७ जनालाई नियन्त्रणमा लिईएको पनि प्रहरी उपरीक्षक शर्माले ईबागलुङलाई जानकारी दिए । एक जना लागु औषध दुव्र्यसनीलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट रु १० हजार दिएर लागु औषध विक्री वितरणकर्ता पत्ता लगाई नियन्त्रणमा लिन पठाएको निज दुर्व्यसनी फरार रहेको पनि प्रहरी उपरीक्षक शर्माले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका १३ जना लागु औषध दुर्व्यसनीलाई अभिभावक संग परामर्श तथा छलफल गरी परिवारको निगरानीमा जिम्मा लगाईएको र ६ जना जटिल प्रकारका दुव्यसनीलाई अभिभावकको सल्लाह बमोजिम सुधार गृहमा पठाईएको र ८ जनालाई काुनन बमोजिम कारबाही प्रक्रिया अगाडी बडाईएको प्रहरी प्रमुख शर्माले बताए ।

    Advertisement

    प्रहरीका अनुसार हाल लागु पदार्थ दुर्व्यसनी र सम्भावित बिक्रिकर्ता २० जना तारिखमा रहेका छन् । लागु औषध दुर्व्यसनी बिशेष गरी २० बर्ष मुनीका रहेको प्रहरीले जनाएको छ । लागु औषध दुर्व्यसनीहरुमा २ जना क्रमश: ३३ र ४० बर्षका रहेका छन् । बिशेष गरी पढाई तर्फ ध्यान नभएका तथा अन्य कुनै पनि काम नभएका ४ जना लागु औषध दुर्व्यसनीहरुले प्रयोग गर्ने ४ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शर्माको भनाई छ ।प्रहरीले जिल्लाका बिभिन्न स्थानमा लागु औषधको सेवन बिक्रिवितरण तथा ओसार पसार जस्ता कानुन बिपरीतका कार्यमा संलग्न ब्यक्ति तथा सम्भवित स्थानमा समेत कडा निगरानी सहित खोज तलास जारी राखिएको जनाएको छ । अवैध लागु औषध प्रहरी नियन्लागु औषधको बेचबिखन तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने प्रहरी प्रमुख शर्माले बताए । जिल्ला प्रहरी कार्यालय बागलुङले सन्चालनमा ल्याएको लागुऔषध नियन्त्रण अभियानलाई अभिभावक, समाज, दुव्र्यसनी, विभिन्न संघसंस्थाहरुले एक्येवद्धता जनाउनु समय सापेक्ष छ । स्मरणीय छ, आगुऔषध बेचविखन कार्यमा युवा युवतीहरुमात्र नभएर अधवैँशे महिलाहरुपनि संलग्न रहदै आएको विगतका घटनाहरुले पुष्टि गरेको छ । गत २०७५ साल पुस १४ गते बागलुङ नगरपालिका ४ उपल्लाचौरमा बिजय खाजा घर सन्चालन गरी लागुऔषधको अवैध कारोवार गर्दै आएकी बागलुङ नगरपालिका १३ पैयूँपाटा स्थायी घर भएको ४३ वर्षिया एक महिलालाई ठुलो मात्रामा डाईजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल प्रहरीले बरामद गरेर कार्वाही चलाएको छ । निज महिलाले अवैध लागु औषध (डाइजेपाम, फेनार्गन र नुर्फिन) लुकाई छिपाई राखी विक्री वितरण गर्ने र तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताहरुको मोबाईल, ल्यापटप लगायतका सामाग्री धितो राखी लागु औषध दिने गरेको आरोपमा निजलाई गत पुस १४ गते प्रहरी टोलीले पक्राउ गरी कार्बाही अघि बढाएको थियो । निजले सन्चालन गरेको बिजय खाजाघरमा लागुऔषध प्रयोगकर्ताहरुले धितो राखेको विभिन्न ब्राण्डका मोबाईलहरु स्यामसुङ मोबाईल ५, कलर्स मोबाईल १, नोकिया मोबाईल १, डाईमण्ड मोबाईल १, सोलार पावर बैँक १, आईफोन १, इन्टेल लेखिएको ट्याब १, एसर ल्यापटप १ समेत बरामद गरेको घटनाले बागलुङ सदरमुकाममा थुप्रै युवाहरु लागु औषध दुर्व्यसनमा फसेको सनसनीपुर्ण तथ्य बाहिर आएको थियो । केहि दिन पहिलेमात्र प्रहरीले नियन्त्रित लागु आाँैषध सहित एकजना दुर्व्यसनीलाई नियन्त्रणमा लिएर आवश्यक कार्बाही अघि बढाएको छ ।

    बुधबार, जेठ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...