प्युठान– प्युठानमा बुधबार सांझ धारिलो हतियारको प्रहारबाट एक जना युवक गम्भीर घाइते भएका छन्।
Advertisement
सरुमारानी गाउँपालिका–६ किमिचौरमा ससुराली भेट्न आएका २५ वर्षीया भीम बहादुर उलुङ्गेले सामान्य वादविवादको क्रममा हंसिया प्रहार गर्दा सोही ठाउँका ३२ वर्षीया प्रेम बहादुर राहुं गम्भीर घाइते भएको वडासदस्य तील बहादुर बुढाले जानकारी दिए।
टाउको र गर्धनमा चोट लागेका उनको एम्बुलेन्समार्फत् जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि पठाईएको बुढाले बताए।उनका अनुसार टेक बहादुरको अबस्था चिन्ताजनक छ।
धारिलो हतियार प्रहार गर्ने भीम बहादुर घटनापछि फरार छन्। उनी भर्खरै भारतबाट घर आएका थिए। घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोस्ट बड्डडाडाबाट प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।