सुनवल। नवलपरासीको सुनवल ज्यामिरेमा ट्रक र कार ठोक्किँदा पाँच जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको सुनवल ज्यामिरेमा आज दिउँसो दुई बजे उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यलय सुनवलले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ८७३५ नं. को खालि ग्यास सिलिण्डर बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको बा १३ च १८६० नं को कार ठक्किँदा कारमा सवार चार जना र ट्रक चालक घाइते भएका हुन्। घाइते हुनेहरूमा कारमा सवार ललितपुर महानगरपालिका २ बस्ने ३८ वर्षकी झविश्वरा बन्जाडेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
त्यस्तै सोही स्थानकी ५५ वर्षीय राधिका घिमिरे, कार चालक ४० वर्षीय रामचन्द्र बन्जाडे र ४० वर्षकी मन्जु बन्जाडे पनि घाइते छन् । घाइतेमध्ये राधिका घिमिरेको दाहिने खुट्टा र हात फ्र्याक्चर भएको र अरु दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।त्यस्तै ट्रक चालक गैडाकोटका निम बहादुर थापाको पनि हात फ्र्याक्चर भएको र सहचालक सोहि स्थानका बैजनाथ चौधरीलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको बुटवलस्थित मर्सि्सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ज्यामिरेमा ट्रक र कार ठोक्किदा पाँच घाइते।
ज्यामिरेमा ट्रक र कार ठोक्किदा पाँच घाइते।
Advertisement
तपाईको प्रतिक्रिया